यस्ता छन् ‘मिस टिन नेपाल’ प्रतियोगी
screennepal
प्रकाशित: २०७३, २ आश्विन आईतवार
no img

काठमाडौं, २ असोज । ‘१४ औं मिस टिन नेपाल–२०१६’का लागि २३ जना प्रतियोगी चयन भएका छन् । यो प्रतियोगिताको आयोजना काठमाडौं जेसिसले गर्दै आएको छ । यसका लागि करिब एक सय किशोरीले भाग लिएकोमा प्रारम्भिक अडिसनबाट २३ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका छन् ।

miss-teen-nepal-2016-2
कार्यक्रममा आयोजक काठमाडौं जेसिसका अध्यक्ष सुमन श्रेष्ठले भने,‘किशोरीहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुतिसँगै उनीहरुलाई सामाजिक सेवा प्रति समर्पित गर्न हामीले १४ वर्ष अघिबाट यो प्रतियोगिता सुरु गरेका हौं । अहिले मिस टिन शिर्षकमा विभिन्न प्रतियोगिता हुने गरे पनि पहिलो प्रतियोगिता मिस टिन नेपाल नै हो ।’
कार्यक्रम सँयोजक विवस कमार्चायका अनुसार अहिले प्रतियोगीहरु व्यक्तित्व विकाश सहित विभिन्न प्रशिक्षणमा छन् । उनीहरुलाई कुन्साङ मोक्तान श्रेष्ठले विभिन्न प्रशिक्षण दिईरहेकी छिन् । मिस टिन नेपालको चयन आगामी ११ असोजमा राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा हुने पनि कर्माचार्यले जानकारी गराए ।
प्रतियोगितामा छानिएकाहरुमा क्रिस्टिना क्षत्री, अनुष्का अधिकारी, रिसु मरहठ्ठा, , जस्मिन खड्का, उर्जा नेवा, रेजिना डिसी, दीपिका थापा, सृष्टी अधिकारी, अुन सुवेदी, प्रमु गुरुङ, मलाईकी बस्नेत, रहेका छन् ।
यस्तै अन्य प्रतियोगीमा अँकिता शिकारी सुनुवार, सृष्टी खड्गी, पुजा खड्गी, नृतिका शाक्य, आकाँक्षा पाण्डे, तृशा श्रेष्ठ, सिम्रन खड्का, सपना थापा, आहाना पोखरेल, महिमा शाही ठकुरी र सालु शाह रहेका छन् ।

Comments