ऐश्वर्या-रणवीरको ‘ऐ दिल है मुश्किल’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, ३१ भाद्र शुक्रबार
no img

मुम्बई, ३१ भदौं । करण जौहरको आगामी फिल्म ‘ऐ दिल है मुश्किल’ को नयाँ गीत ‘बुल्लेया’ रिलिज गरिएको छ । यो फिल्मको दोस्रो गीत हो । यस गीतमा ऐश्वर्या राय बच्चन र रणबीर कपुरको रोमान्टिक दृश्य देख्न सकिन्छ । साथै फिल्ममा अनुष्का शर्मा र रणबीरको त्रिकोणात्मक प्रेममकथा देखाइएको छ । त्यसैले पनि यस गीतको भिडियोलाई दर्शकले रुचाउँन सक्ने निर्माणपक्षको अपेक्षा छ । गीतमा रणबीर कपूरले फिल्म रकस्टार’को झल्को दिएका छन् । ‘बुल्लेया’ गीतलाई अमिताभ भट्टाचार्यले लेखेका हुन् भने यसमा स्वर अमित मिश्रा र शिल्पा राओले दिएका छन् ।

Comments