मोडलिङ र गायन सँगसँगै (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३१ भाद्र शुक्रबार
no img

काठमाडौं, ३१ भदौं । मोडल दिनेश थापा कलाक्षेत्रका लागि चिनाइरहनु पदैन । थुप्रै लोकगीतमा स्वर दिएका उनी लोकदोहोरी गीतका चलेका मोडल हुन् । मोडलिङ र गायनलाई सँगसँगै डो¥याउँदै आएका यिनै दिनेशले लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।

dinesh
‘बोली नफेर…’ बोलको उक्त गीत अहिले अडियो भिडियोसहित सार्वजनिक भएको छ । गीतमा दिनेशले मैथिली र भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री डोली सरकारका अभिनय गरेका छन् । भिडियोमा डलीसँग दिनेशको कम्युनिकेसन पनि जमेको छ ।
बब्बु थापाले निर्देशन गरेको यस भिडियोमा दिनेशलाई स्वरमा चन्द अर्यालले पनि साथ दिएका छन् ।
गोरखा नाम्जुंग गाविसमा जन्मेका हुन् दिनेशको थुप्रै गीत बाहिर आएका छन् र चर्चामा पनि । सानैदेखि गाउन सौखिन दिनेशल २०६२ सालबाट औपचारिक सांगीतिक यात्रा शुरु गरेका उनी कलाकार बन्ने लक्ष्यका साथ राजधानी छिरेका हुन् ।
दिनेशले ‘मजस्तो राम्रो पोई माग’, ‘मेरो लचक्क कम्मर’ , ‘मेरो रुपले पोखरामा तहल्का मच्चायो’ , ‘मायामा घात गर्नेलाई गोलि ठोक्नु पर्ने’, ‘आधि गाग्रो ढल्किन्छ’ ,‘मायालाई घुमाउन लाने हो’, ‘साझ परेपछि रोधिमा झरौला’लगायत दुईदर्जन बढी गीतमा मोडलिङ गरेका छन् ।

https://www.youtube.com/watch?v=ybD0PHVBfLA

Comments