लिम्बू सुन्दरीका अनेक कला ! (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, ३० भाद्र बिहीबार
no img

काठमाडौं, २९ भदौ । ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’ को ताज कसको पोल्टामा पर्ला ? त्यो त १२ असोजमै थाहा हुनेछ । तर, यतिबेला लिम्बू सुन्दरीको ताज जित्न २२ युवती कडा प्रतिस्पर्धा गरिरहेका छन् । यिनै लिम्बू सुन्दरीहरुले बिहीबार राजधानीमा आ–आफ्नो प्रतिभा कौसल प्रस्तुत गरे ।

miss-limbu-3
‘मिस ट्यालेन्ट’ उपाधिअन्र्तगत उनीहरुले प्रतिभा प्रस्तुत गरेका हुन् । राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित ‘ट्यालेन्ट राउण्ड’मा प्रतियोगीले वक्तृत्यकला, गीतिनाटक, गायन,  अभिनय र नृत्यलगायतका कला प्रस्तुत गरेका थिए ।

miss-limbu-2
‘ट्यालेन्ट राउण्ड’का लागि कोरियोग्राफर जयन सुब्बा मानन्धर, वराह ज्वलरीका कृष्ण खाती, म्युजिक भिडियो निर्देशक लोकेन साँवा, मिस लिम्बू २०१५ की विजेता विष्णु चेम्जोङ, गायक भीम लिम्बू, आशा नेम्बाङ, दृश्य सुबेदी, दीलिप साउद, खगेश रञ्जितकारलगायत निर्णायक थिए । ‘ट्यालेन्ट राउण्ड’ को नतिजा फाइनलकै दिन घोषणा गरिनेछ ।

miss-limbu-1
याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल’ यस चौथो संस्करणमा सुक्मीता केरुङ, मोति कन्दङवा, अस्मिता खापुङ, सोना लिम्बू, ज्योति थोप्रा, सानु नेम्बाङ, भावना सावा, रोश्ना नेम्बाङ, पवित्रा तुम्सा र आशिका खापुङ प्रतिस्पर्धा गरिहेका छन् ।

त्यस्तै, प्रतियोगितामा सेयरा आन्खेवा, अञ्जिता नेम्बाङ, लक्ष्मी मेन्याङ्बो, निशा हुक्पा चोङ्बाङ, सजिता तुम्सा, सरुहाङ्मा सम्बाहाङ्फे, आशिका आङ्बुहाङ, नम्रता लाबुङ, जुनु पोमो, सलुना वनेम, भुमिका माङ्देन, शोभा फेम्बु, सुष्मा चेम्जोङ, सलिना हुक्पा चोङ्बाङ, श्रेया थेगिम, विना सामेखाम र निशी मेन्याङ्बोले पनि स्पर्धा गरिहेका छ ।

miss-limbu
‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित आयोजित ‘मिस लिम्बु इन्टरनेशनल’ मा शीर्ष विजेता हुनेलाई ताजसहित नगद ५० र एक लाख बराबरको गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ । त्यस्तै, फस्ट रनरअप ताजसहित नगद २५ हजार र ५० हजार बराबरको गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअपले पनि १५ हजार नगदसहित विभिन्न ३० हजार बराबरको गिफ्ट ह्याम्पर पाउने जनाइएको छ । प्रतियोगिताको अन्तिम स्पर्धा आउँदो १२ असोजमा जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ ।  तस्बिर : नविनबाबु गुरुङ

miss-limbu-4

Comments