‘मिसेस नेपाल…’ प्रतियोगीले देखाए विविध कला
screennepal
प्रकाशित: २०७३, ३० भाद्र बिहीबार
no img

काठमाडौं, २९ भदौं । लिंगका आधारमा गर्भपतनविरुद्ध आवाज उठाउने अभियानका साथ  रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेशनल–२०१६’ गर्दैछ । प्रतियोगितामा सहभागी महिलाहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् ।
आगामी ३ असोजमा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको प्रेक्षालयमा प्रतियोगिताका लागि सहभागी महिलाहरुलाई मिसेस ट्यालेन्ट उपाधिका लागि ट्यालेन्ट शोमा उतारिएको आयोजक संस्थाकी अध्यक्ष निशु झाले जानकारी गराए ।

mrs-nepal-international-2016-season-2_talent-pics
राजधानीको दरबारमार्गस्थित एक हलमा आयोजित भव्य ट्यालेन्ट शोमा सहभागी प्रतियोगीतहरुले आफुमा अन्र्तिनिहीत प्रतिभा प्रदर्शन गरेका थिए। ट्यालेन्ट शोका सहभागीहरुले अभिनय, गीत संगीत, नृत्य, चित्रकला वक्तृत्वकलालगायतका आफुमा लुेकेको प्रतिभा प्रदर्शन गरी निर्णायक मण्डलको मन जित्ने प्रयास गरेका थिए। आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार ट्यालेन्ट शोका आधारमा सहभागी प्रतियोगिहरुमध्ये एकजनालाई मिसेस ट्यालेन्टको उपाधि प्रदान गरिनेछ। मिसेस ट्यालेन्टको घोषणा भने अन्तिम स्पर्धामा गरिने जानकारी पनि उनले गराए।  प्रतियोगिताका सहभागीले विभिन्न अवसरसमेत हासिल गर्ने पनि उनले जानकारी गराए। कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताको अन्तिम स्पर्धामा कूल ४० जनाले स्पर्धा गर्दैछन् ।
प्रतियोगितामा मुख्य उपाधि, रनर्सअपका साथ  बेस्ट पेर्सोनालिटी, बेस्ट स्पीच, मोस्ट टलेण्ट, मोस्ट पोपुलर, बेस्ट स्माईल, बेस्ट स्कीन, बेस्ट हेयर, फेसबुक च्वाईस, मष्ट क्रियटिभ, भ्युअर्स च्वाईस, व्युटी विथ पर्पस, मष्ट फ्रेण्डली, मिससे क्याटवक, मिसेस व्युटिफुल, मिससे कन्जिनियालिटी, सोसल वेलफेयर एम्बेसडर, वेष्ट फिजीक तथा मष्ट चार्मिङलगायतका उप उपाधि अन्मित प्रतिस्पर्धाकै दिन प्रदान गरिने छ  ।
प्रतियोगितामा मञ्जिला शर्मा, बुनु तिमल्सिना, कन्चन उपाध्याय, रजनी थापा पाठक, सम्झना धामी, रिना गुरुङ, सुलोचना रोका मगर, रचना अधिकारी, सगुन पराजुली, समी मिश्र पुडासैनी, सीता कोइराला, प्रकृति श्रेष्ठ , सुभेक्षा पोखरेल, ज्योति थापा, सपना आचार्य, प्रतिभा अधिकारी, पुष्पा सिंह, नमिता पौडेल, प्रनिषा थापा, प्रतिमा भण्डारी, छेसाङ लामा, स्वीकृति रसाइली, कल्याणी महर्जन, जानुका बस्नेत, बिन्दा खतिवडा, अनुपम राई, अनिशा जोशी, अनामिका झा, प्रिती कार्की गुरुङ, संज्ञा श्रेष्ठ, रुकमणि आचार्य, रेणु घिमिरे, मोनी अग्रवाल, चुना केसी, ममता सिंह, अन्जु गुरुङ, रोजिना कुँवर, सरिता नेपाल, उर्मिला श्रेष्ठ, समुन्द्र लामा, दिपा श्रेष्ठ र सुशन्ता तामाङले स्पर्धा गर्दैछन्।
mrs-nepal-international-2016-season-2_talent-pics-jpg3

Comments