जीवन भए ‘मिस्टर टिन नेपाल’
screennepal
प्रकाशित: २०७३, २६ भाद्र आईतवार
no img

काठमाडौं, २६ भदौं । ‘मिस्टर टिन नेपाल–२०१६’ को उपाधि जीवन खड्काले जितेका छन् । १९ प्रतियोगीलाई पछि पार्दै खड्काले प्रतियोगीतामा भियुर च्वाइस र म्यानेजमेन्ट च्वाइस अवार्डसमेत हात पारे ।
रन–वे नेपालको आयोजनामा शनिबार अबेर साँझ राजधानीको त्रिपुरेस्वरस्थित ब्लुवर्ड भवनको मुर्ड हलमा सम्पन्न प्रतियोगितामा अभिषेक दाहाल फष्ट रनरअफ र बिदुर भट्टराई सेकेन्ड रनरअफ घोषित भए । प्रतियोगितामा दाहाल मिष्टर ह्याण्डसम, मिष्टर मल्टिमिडिया समेत चुनिदा भट्टराईले मिष्टर पर्सनालिटी भए ।

mr-teen
संगीत र नृत्यलगायत विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा अंकित तिवारी मिष्टर स्टाइलिस, जिवन खड्का मिष्टर पर्फमेन्स ,पारश दाहाल मिष्टर फोटो जेनिक, प्रमोद घिसिङ मिष्टर चार्मिङ, पासाङ तामाङ मिष्टर कन्जिन्यालिटी, सागर बि.क मिष्टर फिट, रेहानराज डंगोल मिष्टर पपुलर ,जिवन बस्नेत मिष्टर क्रियटिभ ,अभिनास डि एम मिष्टर डिसिप्लेन, रुपक थापा मिष्टर युनिक, अजय मगर मेक ओभर, मयनककुमार ठकुरी मिष्टर एक्टिभ, आभाष यादव मिष्टर वाल्क बिजेता बन्न सफल भए ।
सिचाई मन्त्री दीपक गिरी मुख्य अतिथी र महिला सभासद चन्द्र जोशी, रिता शाही, अर्थबिद चिरञ्जिवी थापा अतिथी रहेको कार्यक्रमको निर्णायकमा अभिनेता गजित बिष्ट, मिष्टर नेपाल सन्दिप पोखरेल, आरजे भिजे सरोज केसी, समाजसेवी मोहन बस्नेत, भिष्म पाण्डे, खगेश रन्जितकारलगायत थिए । टिन एजर्स युवाहरुको प्रतिभा निखार्दै आफै भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगीता आयोजना गर्दै आएको आयोजक रन वे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले जानकारी दिइन् ।

Comments