‘मिस टिन नेशनल’ मा १६ भिड्दै
screennepal
प्रकाशित: २०७३, २६ भाद्र आईतवार
no img

काठमाडौं, २६ भदौं । किशोरीहरुको प्रतिभा प्रस्तुतिको लागि आयोजित ‘मिस टिन नेशनल–२०१६’का लागि १६ किशोरी छानिएका छन् । उनीहरु केही दिन यताबाट विभिन्न प्रशिक्षणमा व्यस्त छन् ।

miss-teen-national-2016
यल इभेन्टस् सोलुसनद्धारा आयोजित ‘मिस टिन नेसनल–२०१६’को अन्तिम प्रतिस्पर्धाका लागि छानिएका युवतीहरुमा इशानी कार्की, अस्मिता डँगोल, शर्मिला खड्का, मिना शाह, सिमरन पन्थ, स्वेता बरमु, दीपा बोगटी, मिनी तामाङ रहेका छन् । यस्तै मञ्जु गुरुङ, सृजना पाण्डे, एलिजा श्रेष्ठ, इनु थापामगर, सिन्थिया श्रेष्ठ, लाक्पा शेर्पा, शोभना श्रेष्ठ, ज्योती थापा र मन्दिरा केसी पनि यो प्रतियोगिताका अन्तिम प्रतिस्पर्धी हुन् ।
उनीहरुलाई अहिले कोरियोग्राफर अश्विनी झाले विभिन्न प्रशिक्षण दिईरहेको आयोजक सँस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताईन् । उनका अनुसार ‘मिस टिन नेशनल–२०१६’को चयन आगामी ८ असोजमा राजधानीको नाचघरमा हुने छ ।

Comments