‘आनिइन हिलिहाङ’ सार्वजनिक (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २६ भाद्र आईतवार
no img

hilihangscreennepal-2

काठमाडौं, २६ भदौं । हिलिहाङ हाक्पारे पालम सयङ ‘समूह’ले ‘आनिइन हिलिहाङ’ नामक भिसिडी संग्रह ल्याएको छ । समाजसेवाको उद्देश्यले लिम्बू समुदायका युवाहरुको यो समूहले ऐतिहासिक हाङ हिलिहाङ दरबारको प्रवद्र्धन र सम्वद्र्धन गर्ने हेतुले  भिडिडी ल्याएको हो । यस भिसिडीको शनिबार रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्वकुलपति तथा कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा कलाकार एवं चलचित्र ‘तारेभीर’का  निर्देशक प्रेम सुब्बा, समूहका अध्यक्ष प्रदीप योङ्हाङलगायतले सार्वजनिक गरेका थिए ।

hilihangscreennepal-6
‘आनिइन हिलिहाङ’ भिसिडी सार्वजनिक गर्दै कवि बैरागी काइँलाले भने, ‘युवाको सक्रियतामा यो ऐतिहासिक भिसिडी आएको छ । यसमा म अत्यन्त खुसी लागेको छ ।’ उनले सार्वजनिक भिसिडीमा संगृहीत गीतहरुले लिम्बू भाषा, संस्कृति र कलाको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘आफ्नो भाषा तथा संस्कृतिको जर्गेना प्रवद्र्धनमा लाग्नु एकदमै राम्रो काम हो’ कवि बेरागीले भने, ‘यो अहिलेको आधुनिकरणले गाँज्दै लगेको युवामा जमातबीच पनि यहाँहरुले आफ्नो संस्कृतिप्रति मोह देखाउनुभएको छ । यो उदाहरणीय काम हो ।’

hilihangscreennepal-4
भिसिडी संग्रहमा जम्मा पाँच वटा गीत तथा भिडियो छन् । ती सबै भिडियोको निर्देशन लोकेन साँवा लिम्बूले गरेका हुन् । भिसिडीमा आनिइन हिलिहाङ, हाक्पारे, पालम, तागानु हाङ्जाङ रे र तान्छोगेन बोलका गीत रहेका छन् ।

hilihangscreennepal-3

संग्रहमा समावेशमध्ये ‘आनिइन हिलिहाङ’ बोल गीतलाई हर्कबहादुर योङहाङले लेखेका हुन्, जो हिलिहाङ फाउण्डेशनका अध्यक्ष हुन् । अन्य गप्तमा यासेली योङहाङ र निर्देशक लोकेनकै शब्दरचना रहेको छ भने संगीत अशोक लोहरुङ र ओमप्रकाश राईको रहेको छ । सिताकुमार सिंगक, राजेशपायल राई, मनु नेम्बाङ, जशोदा सुब्बा, ओम कुरुम्भङ, श्रेयसी चेम्जोङ र दीवश पयांगुको स्वर रहेको उक्त गीतको भिडियोमा पार्वती राई, निशा पोमुलगायत हिलिहाङ हाक्पारे पालम सयङकै कलाकारहरुको अभिनय रहेको छ ।

hilihangscreennepal
भिसिडी संग्रह सार्वजनिक कार्यक्रममा हालसम्म यसङले गरेको सामाजिक कार्यको भिडियो फुटेज पनि देखाइएको थियो । कार्यक्रममा बोल्दै निर्देशक लोकेनले भने, ‘हाम्रो यो सयङ गठन गरेका धेरै भएको छैन । तर, छोटो समयममा पनि धेरै काम गर्न भ्याएका छौं । यसमा सयङका सबै सदस्य तथा पदाधिकारीहरुको देन छ ।’

hilihangscreennepal-1

त्यस्तै, अध्यक्ष प्रदीपले आगामी दिनहरुमा पनि गीतसंगीतमार्फत लिम्बू कला, संस्कृति एवं भेषभूषाको प्रवद्र्धन गर्दै जाने र सामाजिक कार्य पनि गर्दै जाने बताए । कलाकार यासेली योङहाङले सञ्चालन गरेको कार्यक्रममा हाईल्याण्ड ढाका बुटिकले तयार गरेको ढाकाको कोर्ट मोडलहरुले शो गरेका थिए ।  तस्बिर : सुनिल राजभण्डारी

hilihangscreennepal-5

Comments