एकैसाथ कन्हैया–अञ्जनाको दुई भिडियो
screennepal
प्रकाशित: २०७३, २५ भाद्र शनिबार
no img

काठमाडौं, २६ भदौं । केही वर्षयता अमेरिका बस्दै आएका गायक कन्हैया सिंह र गायिका अञ्जना गुरुङले एकसाथ दुई म्युजिक भिडियो सार्वजनिक गरेका छन् । कन्हैकाको ‘आलाप–३’ मा समावेश ‘धेरै माया गर्छु भन्थ्यौ’ र अञ्जनाको ‘मिठास’ एल्बमको ‘आजभोली तिम्रो मन किन बदलियो रु’ बोल गीतलाई भिडियोमा ल्याएका हुन् । म्यूजिक खबर डटकमको आयोजनामा म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो ।

suman-bairagi
‘धेरै माया गर्छु भन्थ्यौ’ गीतलाई पत्रकार सुमन बैरागीले लेखेका हुन् भने संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका हुन् । लोकप्रिय गायक कन्हैया सिंहको स्वर रहेको यस गीतको संगीत संयोजन भने झलक संगीतम्ले गरेका हुन् । मनोज गुरुङको निर्देशन रहेको उक्त भिडियोमा प्रभु गुरुङ, कल्पना लिम्बू र सुबास गुरुङको अभिनय छ ।

anjana-gurung
गायिका अञ्जनाको स्वरमा रहेको ‘तिम्लाई भुल्न मैले पनि’ बोलको गीतमा राजकुमार बगरको शब्द तथा संगीत छ । आशिष अबिरलको संगीत संयोजन रहेको यस गीतमा अञ्जनाले स्वर दिएकी छन् । यसको भिडियोलाई कन्हैया सिंहले नै निर्देशन र छायाँकन गरेका छन् । यस भिडियोमा अञ्जनाले नै मोडलिङ गरेकी छन् । दुईवटै म्यूजिक भिडियोलाई रविन्द्र खड्काले सम्पादन गरेका हुन् । दुईवटै म्यूजिक भिडियोलाई टीकागोपाल डिजिटल एम। क्रियशनले प्रकाशनमा ल्याएको हो ।

Comments