‘परिवर्तनका लागि हाम्रो आवाज’ नारासहित ‘मिस विश्वकर्मा’
screennepal
प्रकाशित: २०७३, २२ भाद्र बुधबार
no img

काठमाडौं, २२ भदौ । ‘परिवर्तनका लागि हाम्रो आवाज’ भन्ने नारासहित ‘मिस विश्वकर्मा–२०१६’ हुँदैछ । सौन्दर्य प्रतियोगिताको बाढी आइरहेका बेला युवापीडिबाटै सकारत्मक समाज परिवर्तन गर्न सम्भव छ सोचका साथ पहिलोपटक ‘मिस विश्वकर्मा’ हुन लागेको हो ।

miss biswakarma
तथाकथित पुरातन सोचबिरुद्ध जातियता पहिचानको लागि क्रियटिभ इनसाइट मिडिया प्रालिले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । जातिय विविधताले भरिएको नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग भएको सीप कला र क्षमतालाई प्रस्फुटन गरि उजागर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । यस प्रतियोगितामा विश्वकर्माभित्रका करिव १०६ थरलाई लक्षित गरिएको छ । परिवर्तन मिडिया हाउसको ब्यबस्थापन रहने यस सौन्दर्य प्रतियोगिताको मुख्य उद्देश्य राजनैतिक र जातियविभेद भन्दामाथि यूवा हुनुपर्छ भन्ने रहेको जनाइएको छ । प्रतियोगिताको अन्तिम स्पर्धा आउँदो ३१ भदौमा आर्मी अफिसर्स क्लबमा हुने जनाइएको छ ।

Comments