दीपेश-जेनिशा नजिकिए !
screennepal
प्रकाशित: २०७३, २२ भाद्र बुधबार
no img

4

काठमाडौं, २२ भदौं । नायिका जेनिशा केसी समययता गुमनाम जस्तै छिन् । यस बर्ष उनका दुई चलचित्र प्रदर्शनमा आए तर व्यापार औसतमात्र गरेका थिए । साथै, उनको ब्रेकअपको खबर आयो । अहिले भने जेनिशाका केही तस्बर सार्वजनिक भएका छन् जसमा जेनिशा मोडल दीपेश कार्कीसँग नजिकको सम्बन्ध बनाइरहेकी देख्न सकिन्छ ।

2
खबरका अनुसार हालै सार्वजनिक भएका केही तस्बिरहरु जेनिशाले काटेश्वरमा सञ्चालनमा आएको ‘ड्रागो क्याफे’ का लागि मोडल कार्कीसँग फोटोशुट गरेकी हुन् । फोटोमा जेनिशा निकै बोल्ड देखिएकी छन् । जेनिशाले मोडल दीपेशसँग खिचाएको तस्बिरपछि फेरी उनी गसिपमा तानिने लगभग पक्का छ । यो जोडीले डेढ बर्ष अगाडी राजेशपायल राईको आवाजमा रहेको ‘यो जुनी यस्तै भयो’ बोलको म्यूजिक भिडयोमा काम गरेका थिए । त्यसपछि उनीहरु निकै नजिक रहेको बताइन्छ । बताइएअनुसार, दीपेश र जेनिशाको प्रायजसो भेट भइरहन्छ । मोडल दिपेश कार्की पछिल्लो समय होटल व्यबसायसँगै म्यूजिक भिडियोको छायाँकनमा व्यस्त छन् भने जेनिशा भारतीय टिभी सिरियलमा काम गर्ने तयारीमा रहेकी छिन् ।

Comments