‘एन–पीस अवार्ड’ मा भिड्दै -यापर निर्णय !
screennepal
प्रकाशित: २०७३, २० भाद्र सोमबार
no img

काठमाडौं, २० भदौं । गायनसँगै समाजसेवामा क्रियाशील निर्णय श्रेष्ठ ‘एनएसके’ एक अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनयनमा परेका छन् । लामो समयदेखि शिक्षा र शान्तिको क्षेत्रमा रहेर समाजप्रति उत्तरदायित्व निर्वाह गर्दै आएका चर्चित –यापर निर्णय ‘एन–पीस अवार्ड–२०१६’ का लागि नेपालबाट मनोनयनमा परेका हुन् । यस अर्वाडका लागि मनोनित हुने पहिलो नेपाली कलाकार समेत भएका छन् ।

nirnay
‘एन–पीस अवार्ड’ सन् २०११ बाट प्रदान गर्न थालिएको हो । एसियाली क्षेत्रमा शान्ति निर्माण र समुदायको सशक्तिकरणमा उच्च योगदान पुया¥उने व्यक्तिलाई यो अर्वाड प्रदान गरिन्छ । यस अवार्डले नेपाल, पाकिस्तान, अफगानिस्तान, म्यानमार, इन्डोनेसिया र फिलिपिन्स गरी ६ वटा एसियाली मुलुकलाई समेट्दै आएको छ ।
जम्मा तीन विधामा प्रदान गरिने यस अवार्डमा निर्णयले आफू ‘क्याम्पेनिङ फर एक्सन’ विधामा मनोनित भएको बताए । यस अवार्डका निर्णयसँगै नेपालबाट किसम गुरुङ, मदन मगराती, माया थापा, लाक्पा लामा, महमद सेर बगवान, सुरेश कुमार, कुमारी शाह र ज्ञान महर्जन पनि मनोनयनमा परेका छन् ।
निर्णयले सन् १९९९ बाट आफुलाई संगीत क्षेत्रमा आवद्ध गराउँदै नेपालमा हिपहप संगीत भित्राएका हुन् । उनले ‘शिक्षा नै जीवनको जग हो’ भन्ने उद्देश्यसहित सन् २००६ बाट ‘निर्णय एनएसके टुर फर एजुकेशन’ नामको अभियान चलाउँदै आएका छन् ।
मनोनितहरुलाई भोटिङ गर्न सकिने व्यवस्था छ । त्यसका लागि अवार्डको आधिकारिक लिंक पेजमा गएर भोट गरिन सकिने जनाइएको छ । अगष्ट १८ देखि भोटिङ् खुल्ला रहेको र भोटिङ सेप्टेम्बर ३० सम्म खुल्ला रहने छ । अवार्ड विजेताको घोषणा भने अक्टोबर २४ थाइल्याण्डको बैंककमा अवार्ड वितरण गरिने बताइएको छ ।

Comments