‘मिस लिम्बु’ प्रतियोगीहरु प्रशिक्षणमा व्यस्त (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २० भाद्र सोमबार
no img

काठमाडौं, २० भदौ । ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’ का लागि प्रतियोगीहरु आत्मविकासबारे विभिन्न प्रशिक्षणमा व्यस्त छन् । अन्तिम स्पर्धामा उत्रिएका २८ प्रतियोगीलाई राजधानीको रातोपुलस्थित युनाइटेड डान्स फिटनेश सेन्टरमा कोरियोग्राफर जयन सुब्बा मानन्धरले टे«निङ दिँदै आएकी छन् । ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’ मा २८ जना प्रतियोगी शीर्ष उपाधि जित्न कडा प्रतिस्पर्धामा उत्रिएका छन् ।

miss limbu-2016 (7)

प्रतियोगीहरुको केही दिनअघि राजधानीका फोटोसुट गरिएको थियो, जसमध्ये केही प्रतियोगीको तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।

miss limbu-2016 (6)

प्रशिक्षणकै क्रममा सोमबार गायक दीपक लिम्बूले गु्रमिङ कक्षा लिएका छन् । उनीहरुलाई विभिन्न व्यक्रित्वबाट गु्रमिङ कक्षा दिइने जनाइएको छ ।

याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल’ को यो चौथो संस्करण हो । यस संस्करणमा सुक्मीत केरुङ, मोती कन्दवा, अस्मिता खापुङ, सोना लिम्बू, ज्योति थोप्रा, सानु नेम्बाङ, भावना सावा, रोश्ना नेम्बाङ, पवित्रा तुम्सा र आशिका खापुङ, सेयरा आन्खेवा, अञ्जिता नेम्बाङ, लक्ष्मी मेन्याङ्बो, निशा हुक्पा चोङ्बाङ, सजिता तुम्सा, सरुहाङ्मा सम्बाहाङ्फे, आशिका आङ्बुहाङ, नम्रता लाबुङ, जुनु पोमो, सलुना वनेम, भुमिका माङ्देन, शोभा फेम्बु, सुष्मा चेम्जोङ, सलिना हुक्पा चोङ्बाङ, श्रेया थेगिम, विना सामेखाम र निशा मेन्याङ्बोले स्पर्धा गरिरहेका छन् ।

miss limbu-2016 (5)
‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित आयोजित ‘मिस लिम्बु इन्टरनेशनल’ मा शीर्ष विजेता हुनेलाई ताजसहित नगद ५० र एक लाख बराबरको गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ । त्यस्तै, फस्ट रनरअप ताजसहित नगद २५ हजार र ५० हजार बराबरको गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअपले पनि १५ हजार नगदसहित विभिन्न ३० हजार बराबरको गिफ्ट ह्याम्पर पाउने जनाइएको छ ।

miss limbu-2016 (4)
आउँदो १२ असोजमा जमलस्थित राष्ट्रिय नाचघरमा अन्तिम स्पर्धा हुने यस प्रतियोगिताका प्रतियोगीलाई ८ भदौबाट गु्रमिङ दिँदै आएको हो ।

miss limbu-2016 (3) miss limbu-2016 (2) miss limbu-2016 (1) miss limbu-2016

Comments