फोटो आफैमा सम्पूर्ण कथा : उपराष्ट्रपति पुन (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २० भाद्र सोमबार
no img

Pj-Club (1)

काठमाडौं,२० भदौ । फोटो पत्रकारहरुको साझा संस्था फोटो पत्रकार क्लब नेपालको आयोजनामा भइरहेको फोटो प्रदर्शनीको चौथोदिन सोमवार नेपाल आर्ट काउन्सिलमा उपराष्ट्र«पति नन्दकिशोर पुनले प्रदर्शनी अवलोकन गरेका छन् । उपराष्ट्र«पति पुनले प्रदर्शनीमा रहेका तस्वीरको अवलोकन गर्नुका साथै प्रदर्शित फोटोहरूलाई आफ्नो मोवाइलमा समेत कैद गरे ।

Pj-club-6

फोटो प्रदर्शनीको अवलोकनपछि उपराष्ट्र«पति पुनले प्रदर्शनीले नेपालको पहिचान र यथार्थ अवस्थाबारे जानकारी दिएको बताए । उनले पुस्तिकामा लेखे, ‘यस फोटोहरुले हाम्रो संस्कृति झल्काएको छ ।’ प्रदर्शनीले नेपालको पहिचानलाई उँचो बनाएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘फोटो आफैमा सम्पूर्ण कथा हो र एउटै फोटोले हजार प्रमाणको काम गर्दछ ।’

Pj-Club (2)
सोमबारको प्रदर्शनीमा पूर्वमन्त्री महेश बस्नेत, राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्का, एमाले नेतृ रामकुमारी झाँक्री, नाडाका महासचिव कृष्णप्रसाद दुलाल, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलगायत विभिन्न विद्यालयका विद्यार्थीको उपस्थिति रहेको थियो । प्रदर्शनी भोली मंगलवारसम्म रहने छ ।

pj-club Pj-Club (3)

Comments