पुन: अमृतकै नेतृत्वमा आदिवासी चलचित्र महासंघ
screennepal
प्रकाशित: २०७३, १९ भाद्र आईतवार
no img

काठमाडौं, १९ भदौं । आदिबासी जनजाति चलचित्र महासघमा पुन अमृतबहादुर सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । महासंघको शनिबार सम्पन्न चौथो महाधिवेशनले यसअघिका अध्यक्ष अमृतकै अध्यक्षतामा कार्यसमति चयन गरेको हो । महासंघको नयाँ कार्यसमितिमा उपाध्यक्ष युगबहादुर गुरुङ, सिर्जना सुब्बा र बिकु थोकर चयन भएका छन् भने महासचिव पुर्खाजित राई, सचिव विवेश बुढामगर, सिजिका माझी र कोषाध्यक्ष बिजेन्द्र बज्रचार्य चयन भएका छन् ।

20160903_151939
चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा सम्पन्न महाधिवेशनको उद्घाटन नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष एवं सांसद नागेन्द्र कुमालले गरेका थिए । विभिन्न सांस्कतिक कार्यक्रमबीच आयोजना गरिएको महाधिवेशन उद्घाटन समारोहमा चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्रबिधिक संघका अध्यक्ष पुस्कर लामा लगायतको उपस्थिति थियो ।

14224679_1145931495473855_8174972591029334944_n

Comments