‘मिस मर्मेड सिंगापुर–२०१६’ को कोरियोग्राफरमा रोजिन शाक्य
screennepal
प्रकाशित: २०७३, १७ भाद्र शुक्रबार
no img

काठमाडौं, १६ भदौं । डेढ दशकभन्दा लामो समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित  र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य राष्ट्रियस्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफूलाई अघि बढाउँदै आएका छन् । यही क्रममा आगामी सेप्टेम्बर ६ तारिखमा सिंगापुरस्थित भिलेज होटल चाङ्गीमा सम्पन्न हुने ‘मिस मर्मेड सिंगापुर–२०१६’ लागि मुख्य कोरियोग्राफरका रुपमा अनुबन्धित भएका छन् ।

rojin 1
रोजिन सो कार्यक्रमका कोरियोग्राफर मात्र नभई कार्यक्रम संचालकका रुपमा समेत देखिंदैछन् । ई प्लानेट प्रा.लि.को अन्तर्राष्ट्रिय शाखाका रुपमा स्थापित भएको ई प्लानेट सिंगापुरले आयोजना गर्न लागेको मिस मर्मेड सिंगापुरको कोरियोग्राफीका लागि रोजिन यही भाद« १८ गते शनिबार सिंगापुर प्रस्थान गर्दैछन् ।
यस अघि मिस हेरिटेज इन्टरनेसनल र मिसेस् हेरिटेज इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफरका रुपमा अनुभव संगालिसकेका रोजिन शाक्य बहुआयामिक व्यक्तित्वका रुपमा परिचित छन् । फेसन कोरियोग्राफर, कार्यक्रम उद्घोषण, फेसन पत्रकारिता, कलेज अध्यापन, टेलिभिजन समाचार वाचन, व्यक्तित्व विकास एवं संचार कला सम्बन्धी प्रशिक्षक लगायतको भूमिकालाई पनि एक साथ अगाडि बढाइरहेका रोजिन शाक्यको मूलतः व्यस्तता विभिन्न सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी एवं ग्रुमिङमा देख्न पाइन्छ । नृत्य, अभिनय, उद्घोषण, टेलिभिजन कार्यक्रम निर्माण विधाको अनुभव पनि संगालेका रोजिनले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि भएका नेपाली प्रतिनिधि पात्रहरुको पनि ग्रुमिङ र सफल उपलब्धी पनि हासिल गरेका छन् ।

Comments