एकै मञ्चमा दुई आइकन !
screennepal
प्रकाशित: २०७३, १७ भाद्र शुक्रबार
no img

काठमडौं, १६ भदौं । विभिन्न वर्ग र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले यस वर्ष ‘मिस नेपाल आइकन–२०१६’ र ‘टिचर आइकन अफ द इयर–२०१६’ एकैसाथ एकै मञ्चमा आयोजना गर्ने भएको छ ।

Miss Nepal icons
आगामी असोज ८ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने यी दुई प्रतियोगिताअन्तर्गगतको मिस नेपाल आइकन  २०१६मा राजधानीका विभिन्न स्थानमा बस्दे आएका १७ जना युवले स्पधर्तीा गर्दैछन्। यो प्रतियोगिताको अन्तिम स्पर्धाका लागि बिमला ठकुरी, तुला सिलवाल, कोयल रिजाल, एलिना दाहाल, अन्जना सुवाल, तृष्णा श्रेष्ठ, अन्जली महर्जन, सरस्वती तामाङ, सोनिया लिम्बु, माधुरी शर्मा, सरीता तामाङ, कबिता ठकुरी, एलिना राना, सुष्मीता पाण्डे, परी लिम्बु, सुष्मीता भटराइ र रुबिना शर्माले आयोजकका तर्पmबाट विभिन्न विषयको ज्ञान र प्रशिक्षण लिईरहेका छन्।
त्यसै गरी अर्को प्रतियोगिता टिचर आइकन अफ द इयर २०१६ मा विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका १५ शिक्षीकाहरुले अन्तिम स्पर्धाका लागि तयारी गरिरहेका छन्। यो प्रतियोगितामा शिल्पी गुप्ता, सुष्मीता खड्गी, गायत्रा बिसी, पबिता श्रेष्ठ, सुष्मीता महतो, विभुती पाण्डे, बिष्णुमाया तामाङ, मनिशा गौतम, पासाङ ल्हामु गुरुङ, रजनी खड्का, गायत्रा सुवेदी, रीमा मुगारती, कुसुमश्री, प्रतीमा भट्टराई र सीमा नगरकोटीले अन्ति स्पधा गर्दैछन्।
आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीले एक अर्काको सहयोगी होउन् र आफुले जानेको ज्ञान साटासाट होस् भने उद्येश्यले दुई प्रतियोगिता एकसाथ एकै मञ्चमा आयोजना गर्न लागिएको बताए। शम्भुप्रसाद रेग्मीको कार्यक्रम संयोजनमा हुने दुबै प्रतियोगिताको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन अश्विनी झाले गर्नेछन्।

Comments