सिंगापुर इन्टरप्राजेजको तीज कार्यक्रम
screennepal
प्रकाशित: २०७३, १६ भाद्र बिहीबार
no img

काठमाडौं, भाद्र १६ । नारीहरुको महान चाड तीजको अवसर पारेर सिंगापुर ईन्टरप्राइजेजको बुधबार राजधानीको सभागृहमा ‘सिंगापुर इन्टरप्राजेज तीज विशेष कार्यक्रम–२०७३’ आयोजना गरेको छ । सभामुख आनसरी घर्तीमगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व सिंगापुर इन्टप्राजेजका गोमा केसीले गरेकी थिइन् । खचाखच भरिएको सभागृहमा चर्चित गायक÷गायिकाले साँगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा गायक बमबहादुर कार्की, शिव आले र शर्मीला गुरुङलाई सम्मानित गरिएको थियो ।

teej2
चारसयभन्दा बढी कार्यक्रम ईभेन्ट गरिसकेका कमल जिसीको संयोजत्वमा आयोजित कार्यक्रममा बीस बर्षदेखि विभिन्न जातजातीका भेषभूषा संरक्षण गर्दै आएको र ३२ वटा आदिवासी जनजाती संघ, संगठनबाट करिब एघार सयभन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा उपस्थित महिला दिदी–बहिनीले विभिन्न तीज गीतमा नृत्य गरेर कार्यक्रमको रौनकता बढाएको थिए । कार्यक्रम सञ्चालन याङ्जोम शेर्पाले गरेकी थिइन् ।

teej4

Comments