अदिती जितिन् ‘मिस टिन कलेज–२०१६’ को ताज
screennepal
प्रकाशित: २०७३, १५ भाद्र बुधबार
no img

काठमाडौं, १५ भदौं । ‘मिस टिन कलेज–२०१६’ को उपाधि लिटिल एन्जल हात्तिवनमा अध्ययनरत १७ वर्षीया अदिति तुलाधरले जितेकी छ । उनले मिस पर्शनालिटी र वेष्ट स्टाइलिस अवार्ड पनि हात पारिन् । मंगलबार राजधानीमा सम्पन्न यस प्रतियोगितामा आफ्ना २७ जना स्पर्धीलाई पछि पार्दै अदितीले उपाधि जितेकी हुन् ।  उनले १ लाख ६० हजार बरावरको स्कुटर र ह्वाइट हाउस कलेज वानेशवरको तर्फबाट छात्रावृति, फेशन सेन्टर भाटभटेनीको तर्फबाट १० हजार वरावरको साडी साथै नेपाल एयर होस्टेज एकाडेमीको तर्फबाट २५ हजार वरावरको एयरहोस्टेज तालिमको लागि छात्रावृति हासिल गरिन् ।

miss
सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगितामा ‘फस्ट रनरअप’को उपाधि दक्षिणकाली फर्पिङकी १७ वर्षीया प्रतिक्षा तामाङले जितिन् भने तामाङले उपाधिसँगै चिर्योस च्वाइस अवार्ड पनि हात पारिन । साथै एमआई मोवाइल फोन र क्याम्पियन साउथवोेइस्टन कलेको तर्फबाट १ लाख वरावरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन् ।
कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि जेभीयर इन्टरनेशनल कलेजमा अध्ययनरत  १७ वर्षीया प्रार्था वस्नेतले वाजी मारि । उनले उपाधिसँगै सिटिभि मोवाइल नेपाल  एयरहोस्टेज एकाडमीको तर्फवाट रु २५ हजारको निसुल्क तालिम साथै उनले विभिन्न उपहार प्राप्त गरेकी थिईन् भने वस्नेतले क्रियटिभ अर्वाड’ को उपाधि पनि हात पारिन ।
त्यस्तै गरि रेडन कलेज सामाखुसीमा कक्षा ११ मा अध्ययनरत सोनाम खड्गी थर्ड रनरअप र सेन्टलरेनस कलेज चावहिलमा कक्षा १२ मा अध्ययनरत वर्षा वस्नेत फोर्थ रनरप भइन् । उनीहरुले सिटिभि मोवाइलको तर्फवाट मोवाइलफोन  र नेपाल  एयरहोस्टेज एकाडमीको तर्फवाट २५ हजारको निशुल्क तालिम प्राप्त गरिन् ।
कार्यक्रमको निर्णायकमा हिमालयन हवाइट हाउसका प्रेसिडेन्ट युवराज शर्मा, क्याम्पियन एकाडेमीका प्रिन्सिपल नविनमान श्रेष्ठ, नायक आयुश रिजाल सन्चारकर्मी नारायण पौडेयाल। मिस इकलेज २०१० की सेकेन्ड रनरअप नमिता आचार्य, लिरिल फ्रेश २०१५ की विजेता शिक्षा संगौला तथा आरजे भिजे  सन्ध्या केसी थिए ।

Comments