स्टाइल शोमा यस्ता देखिए सेलिब्रेटी (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १३ भाद्र सोमबार
no img

IMG_7048

काठमाडौं, १३ भदौ । चर्चित सेलिब्रेटीहरु मर्निङ ग्लोरी इन्टरटेनमेन्टले राजधानीको त्रिपुरेश्वरस्थित ब्लु बर्ड मलमा रहेको मुडस लञ्जमा शनिवार साँझ ¥यापमा उत्रिए । ‘स्टाइल उत्सव’ नाम दिइएको शोमा चर्चित सेलिब्रेटी र नेपालका उत्कृष्ठ मोडलहरु गरी २५ जनाले ¥याम्प नापेका थिए ।

IMG_7036
शोमा गौरी मल्ल, चाँदनी शर्मा, उषा खड्गी, केकी अधिकारी, पुजा शर्मा, लक्ष्मी श्रेष्ठ, पुनम गौतम, क्षितिजा शाक्यको विशेष आकर्षण बने । उनीहरु विभिन्न ६ सिक्वेन्समा ¥याम्पमा देखिए । सेलिब्रेटी र मोडलले नेपाली कल्चर, ढाका, साडी, लेहेगा, गाउन, एउटै रंगको लेहेंगालगायतका सिक्वेन्समा प्रस्तुत भएका थिए । सेलिब्रेटी र मोडलहरुले चर्चित फेसन डिजाइनर विश्व गौतम र लास्ट स्टुडियोले तयार पारेको पहिरनमा आफुलाई सजाएका थिए ।

IMG_7008
सेलिब्रेटीको शोसँगै १२ जना बालबालिकाहरुले पनि ¥याम्पमा बिरालो चाल चालेका थिए । सेलिब्रेटी र बालिबालिकालाई प्रतिमा श्रेष्ठले कोरियोग्राफी गरेकी थिईन् ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन एक खुट्टाले नृत्य गरेर चर्चित बनेकी नृत्यांगना रोमा न्यौपाने, गायिका प्राश्ना पाण्डे र दिना पाण्डेको प्रस्तुति दिएका थिए । यस्तै वरिष्ठ गायिकाद्वय कुन्ती मोक्तान र देविका बन्दनाले पनि आफ्ना चर्चित गीत सुनाएका थिए ।

IMG_7000
शुभेच्छा खड्काले अफिसियल एमसीको रुपमा सञ्चालन गरेको शोको व्यवस्थापन बेटर ग्यालेक्सीले गरेको थियो । बेटर ग्यालेक्सीका प्रमुख धिरज तण्डुकारले शोलाई भव्य र सभ्य रुपमा सम्पन्न भएको बताए । बेटर ग्यालेक्सीले हालसम्म ‘भ्यालेन्टाइन सेलिब्रेटी वक’, ‘मनसुन फेसन परेड’, ‘लिटिल प्रिन्स एण्ड प्रिन्सिस’, ‘मिस टिन नेपाल’ र ‘कायरा रनवे’ जस्ता चर्चित कार्यक्रम गरिसकेको छ ।
तस्वीरः सुरेन्द्र महर्जन

Comments