‘स्टाइल उत्सव’मा प्रस्तुत हुँदै यी कलाकार
screennepal
प्रकाशित: २०७३, १० भाद्र शुक्रबार
no img

काठमाडौं, १० भदौं । मर्निङ ग्लोरी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीको त्रिपुरेश्वरस्थित ब्लु बर्ड मलमा रहेको मुडस लञ्जमा आगामी यो शनिवार ‘स्टाइल उत्सव’ नामक विशेष सेलिब्रेटी ¥याम्प शो हुने भएको छ ।

BetterGalaxy-teej-22
शोमा गौरी मल्ल, चाँदनी शर्मा, उषा खड्गी, केकी अधिकारी, पुजा शर्मा, लक्ष्मी श्रेष्ठ र नेपालका उत्कृष्ठ मोडलहरुसहित २५ जनाले ¥याम्प नाप्नेछन् । शोमै १२ जना बालबालिकाहरुले पनि -याम्पमा बिरालो चाल चाल्नेछन् । प्रतिमा श्रेष्ठको कोरियोग्राफीमा सेलिब्रेटीहरु ¥याम्पमा उत्रिनेछन् ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन एक खुट्टाले नृत्य गरेर चर्चित बनेकी नृत्यांगना रोमा न्यौपाने, गायिका प्राश्ना पाण्डे र दिना पाण्डेको प्रस्तुति रहनेछ । यस्तै कुन्ती मोक्तान र देविका बन्दनाले पनि आफ्ना चर्चित गीत सुनाउनेछन् । शोको व्यवस्थापन बेटर ग्यालेक्सीले गर्नेछ । कार्यक्रमको अफिसियल एमसी शुभेच्छा खड्का छिन् ।
बेटर ग्यालेक्सीका प्रमुख धिरज तण्डुकारले शोलाई भव्य र सभ्य बनाउन कुनै असुर बाँकी नराखेको बताए । बेटर ग्यालेक्सीले हालसम्म ‘भ्यालेन्टाइन सेलिब्रेटी वक’, ‘मनसुन फेसन परेड’, ‘लिटिल प्रिन्स एण्ड प्रिन्सिस’, ‘मिस टिन नेपाल’ र ‘कायरा रनवे’ जस्ता चर्चित कार्यक्रम गरिसकेको छ ।

Comments