फोटोसुटपछि म्युजिक भिडियोमा नाम्दु
screennepal
प्रकाशित: २०७३, ९ भाद्र बिहीबार
no img

काठमाडौ, ९ भदौ । मोडलिङ क्षेत्रमा पछिल्लो समय नाम्दु शेर्पाको उपस्थिति बाक्लिँदै गएको छ । एक साताअघि मात्र ‘रीम फेसननेट बुटिक’ का लागि व्यवसायिक फोटोसुट गरेर चर्चामा आएकी नाम्दुलाई अब चाँडै म्युजिक भिडियोमा पनि देख्न पाइने भएको छ । नाम्दुले हालै एक गीतमा मोडलिङ गरेकी छन् ।

namdu

चर्चित लोकगायिका पुर्णकला बिसी र चन्द्रमान एलजीले गाएको ‘बिच घाटमा छोडि नगर पाप’ बोल गीतको भिडियोमा नाम्दुले मोडलिङ गरेकी हुन् । लोकगीत भएपनि आधुनिकशैलीमा गाइएको उक्त गीतको भिडियोलाई भरत शर्माले निर्देशन गरेका हुन् । यस भिडियोमा नाम्दुसँग गायक चन्द्रमानको अभिनय देख्न सकिनेछ ।

Nambu Sherpa, screennepal (4)
राजधानीको नारायणस्थान र त्यस आसपासमा छायांकन गरिएको यस भिडियोमा नाम्दुलाई सिंगापुरे पहिरनमा प्रस्तुत गरिएको छ ।
नाम्दु अभिनीत यो दोस्रो म्युजिक भिडियो हो । यसअघि एक म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी नाम्दुले भनिन्, ‘यसअघि पनि एक भिडियोमा मोडलिङ गरेकी छु । तर, अबचाहिँ मोडलिङलाई निरन्तरता दिने सोचमा छु ।’

Nambu Sherpa, screennepal (1)
‘रीम फेसननेट बुटिक’ को फोटोसुट गरेपछि नाम्दुलाई केही फिल्मका लागि समेत प्रस्ताव आउन थालेको छ । नाम्दुले पनि आफूले चाहेजस्तो फिल्म पाए अभिनय गर्न तयार रहेको बताएकी छन् । नेपाली कला क्षेत्रमा शेपौ सुमदायको उपस्थिति कम भइरहेको बेला नाम्दुको आगमन सम्भावनायुक्त देखिन्छ । शारीरिक समेत अभिनय र मोडलिङका लागि सम्भावना बोकेकी नाम्दुले सम्भवतः चाँडै नै नेपाली चलचित्रमा डेब्यु गर्नेछिन् । तर, उनले यसबारे भने मुख खोलेकी छैनन् ।

Comments