गोदावरीकी पुजालाई ‘नेक्स्ट मोडल नेपाल’ उपाधि
screennepal
प्रकाशित: २०७३, ९ भाद्र बिहीबार
no img

काठमाडौं, ९ भदौं । ललितपुर गोदावरीकी पूजा गिरीले ‘नेक्स्ट टप मोडल अफ नेपाल’ को ताज चुमेकी छन् । नेक्स्ट इभेन्ट इन्टरनेशनलले राजधानीमा आयोजना गरेको यस प्रतियोगितामा निर्णायक स्वेता सिंहले सोधेको एउटा पूर्ण मोडलमा हुनुपर्ने गुणहरु के के हुन् भन्ने प्रश्नमा सटिक जवाफ दिँदै ५ फिट ४ इन्च उचाइकी पूजाले आफ्ना २० प्रतिस्पर्धीलाई उछिन्दै ताज चुमेकी हुन् ।
‘नेक्स्ट टप मोडल अफ नेपाल’ को उपाधि जितेवापत पूजाले नगद ५० हजार रुपियाँ प्राप्त गरेकी छन् भने उनले फिचर फिल्म र म्युजिक भिडियोमा अभिनय र मोडलिङको अवसर पाउने आयोजकले बताएको छ ।

DSC_0151-2
प्रहरी नायब महानिरीक्षक सुदिप आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा भैसेंपाटीकी साक्षी लम्साल फष्ट रनर्सअपका साथ, बेस्ट ड्रेस, धोबीघाटका सजेश ताम्राकार सेकेण्ड रनर्सअप र पोखराकी रीना गुरुङ थर्ड रनर्सअप भएका छन् । रनर्सअपहरुलाई फिचर फिल्म र म्युजिक भिडियो अभिनयको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
विभिन्न चरणमा विभाजित प्रातियोगितामा सुर्यम्स धेवाजु बेस्ट पर्सनाालिटी, कुशकुमार श्रेष्ठ बेस्ट वाक, सौगात श्रेष्ठ ट्यालेन्ट अवार्ड, बिना ठकुरी फोटोजेनिक र दिया बस्नेत भिवर्स च्वाईस अवार्डको विजेता भएका छन्।
प्रतियोगितामा पूर्व मिस नेपाल स्वेता सिंह, रनवे मोडल दीपक घिमिरे, अभिनेता गजित बिस्ट, मोडल सुमी मोक्तान, युवाब्यबसायी प्रतिक आग्रवाल, पूर्व मिस्टर नेपाल सुरज चीलुवाल निर्णायक रहेका थिए ।

Comments