‘डि समर काउचर ’मा डेढ दर्शन मोडल
screennepal
प्रकाशित: २०७३, ९ भाद्र बिहीबार
no img

D Summer cutter Fashion show (1)

काठमाडौं, ९ भदौं । डेढ दर्जन व्यवसायिक मोडलले ‘डि समर काउचर सिजन–३’ शीर्षकको फेसन शोमा क्याटवाक गर्ने भएका छन् । १७ भदौ शुक्रबार त्रिपुरेश्वरस्थित मुड लाउञ्जमा अमिर कला केन्द्रले आयोजना गर्ने यो फेसन शोको कोरियोग्रँफी प्रवेश गिरीले गरिरहेका छन् ।

1
सिनेम्याक्सको व्यवस्थापन तथा अवधारणमा सम्पन्न हुने यो फेन शोमा इकोनिक फेसन हाउस, हाउस बुटिक, लाफ डिजाइन स्टुडियो तथा डेजल कलेक्सनका पहिरनहरु प्रदर्शन गरिनेछ । आठ वटा सिक्वेन्समा विभाजन गरिएको फेसन शोमा सारी, कुर्ता, अनारकली, इभिनिङ गाउन, सर्ट्स, क्याजुअल तथा क्लब वेयर प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको छ । फेसन शोको क्रममा बि–बोइङ, साल्सा, जुम्बासहित लोकदोहोरी समेत प्रस्तुत गरिने छ ।

Comments