तेह्रथुमे ढाका पहिरनमा हङकङमा इन्दिरा
screennepal
प्रकाशित: २०७३, ८ भाद्र बुधबार
no img

Indira Joshi (2)

काठमाडौं, ८ भदौं । एक समय ‘उध्रेको चोली’ले तहल्का मच्चाएकी गायिका इन्दिरा जोशी अहिले हङकङमा छिन् । हङकङस्थित जोर्डन ब्रोदर्र्सको निम्तो स्वीकार्दै त्यहाँ पुगेकी इन्दिरा यसपकट स्टेजमा फरक रुपमा देखिइन् । आफूलाई ‘नेपाली साकिरा’समेत भन्न रुचाउँने इन्दिरा जोर्डनस्थित कम्युनिटी हलमा तेह्रथुमे ढाका पहिरनमा प्रस्तुत भइन्, जुन पहिरन ललितपुरको मिलन चोकस्थित तेह्रथुम ढाका कलेक्शनले उपलब्ध गराएको हो ।

Indira Joshi (1)
तेह्रथुमे ढाकाकी निरु आङबुङले डिजाइन गरेको ढाका पहिरनमा प्रस्तुत हुँदा उनलाई दर्शकले तालीले स्वागत गरेका थिए । केही समयअघि मात्र पाकिस्तानी ¥यापर इराज खान तथा हलिउडका सीन किङस्टन र काजिरका साथ एक गीतमा प्रस्तुत भएकी इन्दिराले हङकङमा आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन् । नृत्यमा समेत पारंगत इन्दिराले गायनबाट त ताली पाइन् नै, उनले यसपटक सधैभन्दा फरक पहिरन ढाकामा प्रस्तुत भएपछि धेरैको मन जित्न सफल भइन् ।
जतिखेर उनको ‘उधे्रको चोली’ र ‘रातो घाँगर’ जस्ता गीत हिट भएको थियो, त्योबेला ‘साकिरा पहिरन’मा प्रस्तुत भएर दर्शक तथा श्रोताको मन जित्न सफल इन्दिरालाई तेह्रथुमे ढाकाले पनि निकै सुहाएको थियो ।

Indira Joshi
पछिल्लो समय तेह्रथुमेको ढाकाको देश–विदेशमा लोकप्रियता पाइरहेका बेला इन्दिराका लागि निरुले यस्तो पहिरन तयार गरेकी हुन् । ‘यो पहिरन इन्दिराकै लागि तयार गरकी हुँ’ निरुले भनिन्, ‘हङकङमा तेह्रथुमे ढाकाको प्रमोसन होस् भन्ने उद्देश्यले गायिका इन्दिराका लागि यो पहिरन बनाएकी हुँ ।’ युवापुस्तामा ढाका पहिरनको बढ्दो लोकप्रियतासँगै तेह्रथुमे ढाका कलेक्शनले आफ्नो बजार प्रवद्र्धन पनि बढाएको छ । यो कलेक्शनमा पुर्वी पहाडी जिल्ला तेह्रथुममा हातले बुनेको ढाकाको पहिरन तयार गर्दै आएको छ । तेह्रथुमको ढाका नेपालमा मात्र नभएर हङकङ, युके, बु्रनाई, जापानलगायतका मुलुकमा पनि लोकप्रिय हुँदै गएको छ ।

Comments