तीजलाई सरिताको ‘ओए मोरी…’ !
screennepal
प्रकाशित: २०७३, ८ भाद्र बुधबार
no img

sarita (1)

काठमाडौं, ८ भदौं । नेपाली नारीहरुको महान् चाड तीजको अवसरमा गायिका सरिता पन्थीले ‘ओए मोरी’ बोलको गीत ल्याएकी छन् । सरिताको यस तीज कोशेलीमा शब्द तेजप्रसाद पाण्डे, संगीत सुरेश सेञ्चुरी र स्वर सरिताकै छ ।

राजेश विश्वकर्माले निर्देशन गरेको यो भिडियोमा श्रृंगार सपना राना, क्यामेरा सुशान्त कार्की, सम्पादन प्रेम नेपाली, नृत्य जिवन मिश्र, गोपाल बुढा मगर र शिव क्षेत्रीको रहेको छ ।
बागेश्वरी संगीतालयको प्रस्तुति रहेको गीतको पोष्ट प्रोडक्सन बागेश्वरी संगीतालयले नै गरेको छ । गायिका पन्थी लामो समयदेखि बुटवललाई कर्मथलो बनाएर गायनमा सक्रिय छिन् ।

Comments