मिसेस नेपाल इन्टरनेशनलमा ४२ महिला भिड्दै
screennepal
प्रकाशित: २०७३, ८ भाद्र बुधबार
no img

काठमाडौं, ८ भदौं । रिवन इन्टरटेनमेन्टले ‘मिसेस नेपाल इन्टरनेशनल–२०१६’ गर्ने भएको छ । यस प्रतियोगिताका लागि ४२ जना महिलाले स्पर्धा गर्ने भएका छन् । लिंगका आधारमा गर्भपतन गर्ने विकृतिविरुद्ध आवाज उठाउनका लागि विवाहित महिलाहरुलाई सामेल गर्दै विबाहित महिलाबिच आयोजना गर्न लागिएको यो सौन्दर्य प्रतियोगितामा विभिन्न पेशा र व्यबसाय तथा गृहीणीले स्पर्धा गर्न लागेका हुन् ।

Group Shoot_Mrs. Nepal Int'l 2016
विभिन्न वर्ग र उमेर समूहका बिच सौन्दर्य तथा प्रतिभामूलक स्पर्धा गर्दै आएको रिवन इन्टरटेनमेन्टले दोस्रो संस्करणअन्र्तगत आगामी असोज ३ गते भद्रकालीस्थित आर्मी अफिसर क्लबमा मिसेस नेपाल इन्टरनेशनल २०१६ आयोजना गर्न लागेको हो। आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार गर्भमा छोरी देखिए गर्भपतन गर्ने विकृतिविरुद्ध महिलाहरुबाटै आवाज बुलन्द गर्ने उद्येश्यले दोस्रो संस्करणको मिसेस नेपाल इन्टरनेशनल २०१६ आयोजना गर्न लागिएको हो। प्रतियोगिता अन्र्तगत स्पर्धामा सामेल विवाहित महिलाहरुबाट यसखाले विकृतिबिरुद्ध आवाज उठाउने अभियनाको थालनी गर्ने झाले बताए। विबाहित महिलाहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वाबलम्बी बनाउनका लागि समेत प्रतियोगिताले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे।
कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताहरुलाई नयाँ वानेश्वरस्थित होटल रानी महलमा एक महिनाभन्दा बढी समयसम्म दैनिकरुपमा विज्ञहरुद्धारा विभिन्न विषयको तालिम र कक्षा प्रदान गरिनेछ। प्रतियोगिहरुलाई व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कशप, ग्रुमिङ, क्याटवक, श्रृंगार, जुम्बा, स्वीमिङ, हस्पीटालीटी मेनेजमेन्ट, फेशन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षणपश्चात प्रतियोगितामा उतारिने संयोजक जमुना तामाङले जानकारी गराइन्। प्रतियोगितामा मुख्य उपाधि, रनर्सअपका साथ बेस्ट पर्सनालिटी, बेस्ट स्पीच, मस्ट ट्यालेण्ट, मष्ट पपुलर, बेस्ट स्माईल, बेस्ट स्कीन, बेस्ट हेयर, फेसबुक च्वाईस, मष्ट क्रियटिभ, भ्युअर्स च्वाईस, व्युटी विथ पर्पस, मष्ट फ्रेण्डली, मिसेस क्याटवक, मिसेस व्युटिफुल, मिसेस कन्जिनियालिटी, सोसल वेलफेयर एम्बेसडर, वेष्ट फिजीक र मष्ट चार्मिङलगायतका उप उपाधि प्रदान गरिनेछ।
प्रतियोगितामा मञ्जिला शर्मा, बुनु तिमल्सिना, कञ्चन उपाध्याय, रजनी थापा पाठक, सम्झना धामी, रीना गुरुङ, सुलोचना रोका मगर, रचना अधिकारी, सगुन पराजुली, समी मिश्र पुडासैनी, सीता कोइराला, प्रकृति श्रेष्ठ , सुभेक्षा पोखरेल, ज्योति थापा, सपना आचार्य, प्रतिभा अधिकारी, पुष्पा सिंह, नमिता पौडेल, प्रनिषा थापा, प्रतिमा भण्डारी, छेसाङ लामा, स्वीकृति रसाइली, कल्याणी महर्जन, जानुका बस्नेत, बिन्दा खतिवडा, अनुपम राई, अनिशा जोशी, अनामिका झा, प्रिती कार्की गुरुङ, संज्ञा श्रेष्ठ, रुकमणि आचार्य, रेणु घिमिरे, मोनी अग्रवाल, चुना केसी, ममता सिंह, अन्जु गुरुङ, रोजिना कुँवर, सरिता नेपाल, उर्मिला श्रेष्ठ, समुन्द्र लामा, दिपा श्रेष्ठ, शुसन्ता तामाङले अन्तिम स्पर्धा गर्दैछन् ।

Comments