चम्कियो विष्टको ‘माइतीको देश’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ६ भाद्र सोमबार
no img

bist

काठमाडौं, ६ भदौं । नेपाली नारीको विशेष पर्व हरितालिका तिज आउन अब धेरैदिन छैन । हरितालिका नजिकिँदै गर्दा सांगीतिक बजारमा भने तिज गीतले तताइरहेको छ । यसै सांगीतिक भीडमा गीतकार तथा संगीतकार हरि विष्टले यसपालीको तिजका लागि दुई गीत ल्याएका छन् । ‘दर खाने बेला’ र ‘माइतीको देश’ बोलको गीत ल्याएका विष्ट यस वर्ष तिज गीतमा निकै अगाडि देखिएका छन् । उनको ‘माइतीको देश…’ बोलको गीतले त सोचेभन्दा पनि राम्रो चर्चा पाइरहेको छ ।
गीतकार विष्टको उक्त गीत यू–ट्यूबका दर्शकले अत्याधिक रुचाएका छन् । विष्टको शब्द तथा संगीत रहेको ‘माइतीको देश…’ बोलको यस गीतलाई करिब छोटो समयमै करिब पौने ३ लाखले हेरिसकेका छन् । तिज गीतहरुको लहरका यो गीत यो वर्ष निकै अगाडि देखिएको छ ।
यो गीतकार तथा संगीतकार विष्टको ‘सम्झना माइतीको’ भाग–२ मा समावेश गीत हो । आफ्नो गीतले चर्चा पाइरहेका विष्ट भने दंग छन् । उनी भन्छन्, ‘गीत राम्रो बन्नुपर्ने रहेछ दर्शकले हेर्ने रहेछन् ।’ आफ्नो गीतले मौलिकता बोकेकाले पनि श्रोता/दर्शकले रुचाएको उनको दावी छ । गायिका देवी घर्ती र टीका पुनको स्वर रहेको यस गीतको भिडियोलाई शंकरबिसीले निर्देशन गरेका हुन् । यस चर्चित तिज गीतमा शंकर विसी, दीपाशा बिसी, रश्मी तामाङलगायतका कलाकारले कम्मर मर्काएका छन् ।

कृष्ण फिल्मस् एण्ड एर्भटाजिङद्वारा निर्मित यस भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।
यस्तै, हरि विष्टकै अर्को तिज गीत ‘दर खाने बेला’ पनि सार्वजनिक भएको छ । जुन पनि गीतले पनि लोकप्रियता कमाउँदै गएको छ । नेपाली नारीको पर्व तिजप्रति समर्पित विष्टले यस वर्ष तिज गीतबाटै रामै्र चर्चा पाइरहेका छन् । हरि विष्टकै संगीत तथा शब्द रहेको ‘दर खाने बेला’ मा बोलको गीतको भिडियोमा पनि रश्मी र दीपाशाकै अभिनय छ ।
‘माइतीको देश’ गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments