म्युजिक भिडियोमा क्रिकेटर शक्ति गौचन
screennepal
प्रकाशित: २०७३, ५ भाद्र आईतवार
no img

14045226_10153916057272399_709678612_o

काठमाडौं, ५ भदौं । प्राय क्रिकेट मैदानमा ब्याटसँग देखिने शक्ती गौचन शनिबार अभिनयमा मस्त भेटिए । ललितपुरको नखिपोट पुग्दा उनी एक म्युजिक भिडियोमा अभिनय गर्दै थिए । गायक सन्तोष बस्नेतको शब्दसंगीत तथा स्वर रहेको ‘आमाको…’ बोल गीतको भिडियोमा अभिनय गर्दा शक्तीलाई अनौठो देखिए । तर, उक्त भिडियोका निर्देशक निकेश खड्काले आखिर उनलाई मोडल नै बनाए ।

14089618_1425922610757683_1515884930_n
निर्देशक खड्का अनुसार शक्ति यस भिडियोमा क्रिकेटरका रुपमै प्रस्तुत हुनेछन् भने शक्तीको आमाको भूमिकामा वरिष्ठ कलाकार मिथिला शर्मा छिन् । अर्जुन तिवारीले खिचेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गर्नेछन् ।
चाँडै नै यो भिडियो दर्शकमाझ आउने निर्देशक खड्काले बताएका छन् । यसअघि पनि निकेशकै निर्देशनमा फुटबल खेलाडी रुपेश केसीले प्रियंका कार्कीसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । निकेश पछिल्लो समय म्युजिक भिडियोमा जमेका निर्देशक हुन् ।

Comments