एडेलले किन पिज्जा खान छाडिन् ?
screennepal
प्रकाशित: २०७३, ३ भाद्र शुक्रबार
no img

काठमाडौं, ३ भदौं । ओस्कर विजेता ब्रिटिश गायिका एडेलले पिज्जा खाना छाडेकी छन् । भनिन्छ, पछिल्लो समय यस्ता खानाले उनको स्वरमा खराबी देखिएको छ । त्यसैले उनले आफ्नो स्वरको सुरिलोपन जोगाउन बचेर खाना खान थालेकी हुन् ।
यी ब्रिटिश गायिकाले आफ्नो स्वर जोगाउनकै लागि पनिर र टमाटरले बनेका खानासमेत खान छाडेकी छन् । र, उनले सलाद पनि खान छाडेको बताएकी छन् किनकि, यस्ता खानाले गायन क्षमतामा प्रभावित गर्न सक्ने उनको बुझाइ छ । एडेल भन्छिन्, ‘अब म पिज्जा खान्नँ ।’ एडेलबारे केही समयअघि एक समाचार आएको थियो । जसमा भनिएको थियो, ‘एडेलले बेवर्ली हिल्समा ९५ लाख डलरमा एक आलीशान बंगला खरिद गरिन् ।’ (एजेन्सी)

adele

Comments