जापानमा राजेशपायलले धरै नपाएपछि… !
screennepal
प्रकाशित: २०७३, २ भाद्र बिहीबार
no img

काठमाडौं, २ भदौं ।

ईट वाज भेरी स्याड डे
मे दिस वि द लास्ट प्रे…
उल्लेखित अंग्रेजी भाषाको गीत गाएपछि नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईले भने, ‘जापानमा पनि धेरै पाइएन हौ ।’ किरात राई यायोक्खा जापानको निम्तोमा यसै साता जापान पुगेका यी ‘मेगास्टार’ तथा ‘राई ईज किङ’ले साँच्चीकै त्यहाँ गीत रेकर्ड नगरी धर पाएनन् । राजेशपायल राई जापान आएको कुरा थाहा पाउनेवित्तिकै जापानस्थित नेरिमा बस्दै आएका गायक उद्धब केसीले टोक्योमा प्रति घण्टा २५ हजार तिरेर स्टुडियो साउण्ड आर्ट बुक गरिहाले । ‘मौकामा चौका’ हान्न उद्धवले स्टुडियो नै बुक गरेपछि राजेशपायललाई माथि उल्लेखित अंग्रेजी गीत गाएका हुन् ।

rajesh
पछिल्लो समय नेपालमा भन्दा विदेश कार्यक्रममा बढी व्यस्त हुँदै आएका राजेशपायलले किरात राई यायोक्खा जापानले आयोजना गरेको टोक्यो र नागोयामा आफ्नो धमकेदार सांगीतिक कार्यक्रम प्रस्तुत गरेर त्यहाँ रहेका नेपालीको मन त जिते नै, गीतसमेत रेकर्ड गरेर नयाँ रेकर्ड पनि राखेका छन् ।

rajesh 1
जापानमा गीत रेकर्ड गरेपछि राजेशपायलले स्क्रीन नेपालसँग अनलाइनमा भने, ‘गाउनुपर्छ भनेपछि मैले हुन्छ भनेर उक्त गीत गाइदिएको हुँ । यी ‘मेगास्टार’ लाई गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भइसकेकी बालगायिका अतिथि गौतमले स्वरमा साथ दिएकी छन् । नेपालमै नेपालीका अलावा लिम्बू, राईलगायतका भाषामा गीत रेकर्ड गराउँदै आएका राजेशपायलले जापानमा अंग्रेजी भाषामा गाएपछि भने, ‘गीतसंगीतको कुनै भाषा हुँदैन । म सबै किसिम तथा भाषाका गीत गाउँछु ।’ राजेशपायलसँगै फिल्म स्टार दयाहाङ राई र हास्य अभिनेता विल्सनविक्रम राई मलेसिया हुँदै जापान पुगेका थिए ।

Comments