‘मिस टिन अफ द इयर–२०१६’ बनिन् सिम्रन
screennepal
प्रकाशित: २०७३, १ भाद्र बुधबार
no img

काठमाडौं, १ भदौं । रिवन इन्टरटेनमेन्ट प्रालिद्धायार आयोजित ‘मिस टिन अफ द इयर–२०१६ को उपाधी सिम्रन शाक्यले जितेकी छिन् । उनले २८ लाई पछार्दै दोस्रो संस्करणको मिस टिन अफ द इयरको उपाधी शाक्यले जितेकी हुन् ।

simran shakya_Crowning
एक महिना लामो प्रशिक्षणपछि प्रतियोगितामा शाक्यले २८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस क्याटवक उप उपाधी समेत आफनो पोल्टामा पारेकी छिन्। प्रतियोगिताको पहिलो संस्करणको उपाधी गत साल प्रियंका पाण्डेले जितेकी थिइन्। राजधानीको जमलस्थित राष्टिय नाचघरमा आयोजित दोस्रो संस्करणको प्रतियोगितामा अस्मिता सापाकोटा फष्ट रनर्स अप तथा बेस्ट सिंग , बिना आले मगर मिस व्युटिफुलका साथै सकेण्ड रनर्सअप, अनिशा इमाम थर्ड रनर्सअपका साथै मिस ट्यालेन्ट र सन्ध्या पौडेल बेस्ट डान्सका साथ फोर्थ रनर्स अपको उपाधि विजेता भएका छन्।
संगीत र नृत्यजस्ता विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा सुष्मा कार्कीले मस्ट पपुलर र मस्ट पर्फेक्टको उपाधी जितीन् भने फेसबुक च्वाइस पूजा गुरुङ, मस्ट फोटोेजेनिक मनकामना पाण्डे, सोसियली रेस्पोन्सिबल लक्ष्मी तामाङ, व्युटि विथ पर्पस र वेस्ट हेयर नगमा कटुवाल, भ्युवर्स च्वाइस अल्फा राई, बेस्ट स्माइल वर्षा रसाइली, बेस्ट स्कीन गरिमा भट्टराई, बेस्ट डिसिप्लीन सलिना देउला, वेस्ट स्पिच र मस्ट आइकोनिक आइज मनिषा पाठक, बेष्ट पर्सनालिटी र फेशन आइकन किरण पन्तले जितेका छन्।
त्यसै गरीसोशल वेलफेयर एम्वेस्डर कविता कुमारी यादव, वेस्ट फिजिक अलिना टण्डन, मस्ट फिटनेस रुक्साना श्रेष्ठ, मस्ट फ्रेण्डली विपना प्रजापति, मिस कन्जिनियालिटी सन्ध्या राई, मस्ट चार्मिङ मिंगमा राई, मस्ट एक्टिभ दिपासना भट्ट, मस्ट डिजर्भिङ दृष्टि राणा, मस्ट पोजेटिभ एटिच्युड आकृति अधिकारी, युथ विथ रेस्पोन्सिबिलिटी श्रेया जैन, म्यानेजमेन्ट च्वाईस जेनी जिमी र अनुजा पोखरेल, मस्ट क्रिएटिभ सालु ढेकी भएका छन्।
अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा करिब चार घण्टा चलेको कार्यक्रमको निर्णायक मण्डलमा निर्देशक रमेश बुढाथोकी, व्यांकर अनिता प्रधान, शिक्षाविद सुदन डोटेल, द्धन्द निर्देशक चन्द्र पन्त, संचार उद्यमी सुमित प्रताप जबरा, अभिनेत्री रजनी गुरुङ र गीतकार तथा सञ्चारकर्मी संगीतकार सरोज प्याकुरेल रहेका थिए।
कार्यक्रममा अस्मीता सोतीले नृत्य प्रस्तुत गरेकी थिइन् भने ध्रुव विस्को, मनिष अधिकारी र भरत समरीले सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

Comments