मोनालाई ‘मिस रिपब्लिक’ उपाधि
screennepal
प्रकाशित: २०७३, १ भाद्र बुधबार
no img

काठमाडौं । विभिन्न शिर्षकमा सौन्दर्य प्रतियोगिता बढ्दो छ । यसै क्रममा ‘सम्झना मिस रिपब्लिक–२०१६’को उपाधि मोना अमात्यले जितेकी छिन् । यल इभेन्टस् सोलुसनद्धारा राजधानीको नाचघरमा सम्पन्न सो प्रतियोगितामा आफ्ना १४ प्रतिस्पर्धीलाई पछि पार्दै मोनाले शिर्ष उपाधि जितेकी हुन् । उनले मिस पपुलर र मिस कल्चरको उपाधि पनि हाँसिल गरिन् ।

IMG_5699

प्रतियोगितामा मस्ट इन्टेलीजेन्ट सहित फस्ट रनरअपको उपाधि मनिषा थापाले प्राप्त गरिन् । बेस्ट वाक र इन्टेलिजेन्ट सहित सेकेण्डर रनरअप मौसम थापा भईन् ।
गणतन्त्र नेपालमा युवतीहरुलाई अहिलेका राजनीतिक परिवेशबारे जानकारी गराउँदै उनीहरुको विविध प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि सो मिस रिपब्लिक नेपाल आयोजना गरिएको यल इभेन्टसकी अध्यक्ष रमी श्रेष्ठले बताईन् ।
प्रतियोगितामा अन्य उपाधि तर्फ मिस ट्यालेन्ट सपना तामाङ, मिस पँचुअल समिता केसी, बेस्ट स्माईल रिता थापा, मिस फ्रेण्डसिप रेनुका राई, मिस फिटनेश आईसा महर्जन भए । मिस पर्सनालिटीको उपाधि पुष्पा प्रधानले, भिवर्स च्वाईस र बेस्ट हेयरको उपाधि अञ्जना विश्वकर्माले, फोटो जेनिक र मिल्टी मिडिया च्वाईसको उपाधि सम्झना कार्की र डिसिप्लेनको उपाधि अम्मल राईले प्राप्त गरे ।
मिस रिपब्लिक नेपालको निर्णायकमा अभिनेत्री रोशनी केसी, नृत्य निर्देशक भुवन श्रेष्ठ, गायक निर्णय श्रेष्ठ र संगीतकार अनिल शाही थिए ।

Comments