पुजाको ‘तिज नजिक आयो…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३० श्रावण आईतवार
no img

काठमाडौं, २९ साउन । तिज गीतको बिगबिगी भइरहँदा थाहै छ कि, तिज नजिकिँदैछ । नेपाली महिलाको विशेष पर्व मानिने हरितालिका तिज नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तिज लक्षित गीतको सधैं बिगबिगी हुने गर्छ । यस वर्ष पनि तिज गीतको बिगिबिगी भएको छ । यु–ट्युबमा दैनिक दर्जनौ तिज गीत अपलोड भइरहेका छन् ।
यस्तै, गायिका पुजा परियारले पनि यसपालीको तिजलाई लक्षित एउटा गीत गाएकी छन् । उनले आफ्नो गीतमार्फत तिज नजिकिँदै गएको भन्दै नेपाली दिदी–बहिनीलाई मात्र नभइ आफ्नो स्वामीलाई पनि झक्झकाएकी छन् । पुजाको ‘तिज नजिक आयो स्वामी’ बोलको गीत तथा भिडियो हालै यु–ट्युबमार्फत रिलिज गरिएको हो । यस गीतले तिज नजिकिएको संकेत गर्छ ।
सुपरहिट म्युजिक क्रियशनले बजारमा ल्याएको यस गीतको भिडियोलाई शिवम पोखरेलले निर्देशन गरेका हुन् । यस गीतमा कुमार विवाहित उप्रेतीको शब्द तथा संगीत रहेको छ भने भिडियामा निता र शिवमको अभिनय रहेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

https://www.youtube.com/watch?v=o9GTwwi2ARc&feature=share

Comments