तिमीले बाटो फे-यौ अरे : उत्कृष्ट ठहरिइन् दृष्टिविहीन सुजता
screennepal
प्रकाशित: २०७३, २९ श्रावण शनिबार
no img

काठमाडौं, २९ साउन । ‘तिमीले बाटो फे-यौ अरे’ अनलाईन कभर सङ्स प्रतियोगिताको विजेता धरान–१६ की सुजता लिम्बू बनेकी छन् । यससँगै सुजताले नगद १० हजार र एउटा गीत रेकर्डिङको अवसर प्राप्त गरेकी छन् । गीतकार तथा मोडल दर्पण राईको शब्द र टंक बुढाथोकीको संगीत रहेको ‘तिमीले बाटो फे-यौ अरे’ गीतमा गायक राजेशपायल राई र गायिका मेलिना राईको अर्जिनल स्वर रहेको छ । यस चर्चित गीतका लागि करिब पाँच महिनाअघि ‘कभर सङ्स प्रतियोगिता’ घोषणा गरिएको थियो ।

sujata 1

यु–ट्युबमा म्युजिक ट्रयाक राखेर गरिएको यस ‘कभर सङ्स प्रतियोगिता’ मा एक हजारभन्दा बढीले सहभागी जनाएका थिए । तीमध्ये सुजाता उत्कृष्ट ठहरिएकी हुन् । ‘तिमीले बाटो फे-यौ अरे’ गीत पुरुष र महिलाको स्वरमा छ । त्यसैले प्रतियोगितामा पनि पुरुष–महिलाले सहभागिता जनाएका थिए ।

शारीरिक रुपमा दृष्टिविहीन सुजताले प्रतियोगितामा आफू उत्कृष्ट ठहरिएपछि खुसी व्यक्त गरेकी छन् । हाल धरानमै रहेकी सुजताले टेलिफोनमा कुरा गर्दै भनिन्, ‘मलाई एकदमै खुसी लागेको छ । मैले साचेकै थिइनँ ।’ आफूजस्ता लुकेका प्रतिभालाई पनि अवसर दिएकोमा गीतकार दर्पण राईलगायत निर्णायकप्रति उनले खुसी व्यक्त गरिन् ।
यस ‘कभर संङ्स प्रतियोगिता’ मा सहभागी प्रतिभाको प्रस्तुतीलाई चर्चित गीतकार, गायक र संगीतकारले मूल्यांकन गरेका थिए । निर्णायकका अनुसार सबै प्रतियोगीको प्रस्तुती उत्तिकै राम्रो रहेको थियो । तर, सहभागीमध्ये एक जनालाई ‘उत्कृष्ट’ घोषणा गर्ने क्रममा दृष्टिविहीन सुजता विजेत बनेकी हुन् । यस प्रतियोगितामा सहभागीसँगै सुजताले आगामी दिनमा संगीतमा लाग्ने प्रेरणा जागेको समेत बताइन् ।
‘तिमीले बाटो फे-यौ अरे’ पछिल्लो समय यु–ट्युबमा सर्वाधिक चर्चित गीत मानिएको छ । यस गीतलाई पुरुष, महिला र किड भर्सनमा रेकर्डिङ गरिएको छ । यी तिनै भर्सन गरी यस गीतलाई करिब करोडले दर्शकले यु–ट्युबमा हेरिसकेका छन् । निर्देशक तथा मोडल समेत रहेका गीतकार दर्पणलाई यसै गीतले गीतकारका रुपमा चर्चामा ल्याएको हो ।
गीतकार दर्पणले आफ्नो पछिल्लो गीत ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’ को पनि चाँडै भिडियो आउँदैछ । यस गीतमा महेन्द्र राई र स्वर राजेशपायल राईको रहेको छ । यस गीतले ‘तिमीले बाटो फे¥यौ अरे’ले जस्तै दर्शक तथा श्रोताको मन जित्ने गीतकार दर्पणको विश्वास छ । उनले भने, ‘यो गीत पनि एकदमै राम्रो बनेको छ । त्यसैले लाग्छ यस गीतले पनि श्रोता एवं दर्शकको मन जित्ने छ ।’

https://www.youtube.com/watch?v=gAMjcf0-ZkE

Comments