विश्वप्रसिद्ध फेसन डिजाइनर हाफेले नेपालमा
screennepal
प्रकाशित: २०७३, २८ श्रावण शुक्रबार
no img

काठमाडौं,२८ साउन । विश्वप्रसिद्ध फेसन डिजाइनर स्टेल मारिस हाफेले नेपाल आएकी छन् । उनी बुधबार बिहान ७ बजे टर्किज एरलाइन्सबाट नेपाल ओर्लिएकी हुन् ।
जर्मनीकी यी फेसन डिजाइनर यही शनिबार त्रिभुवनआर्मी अफिसर्च क्लबमा आयोजना हुने मोडल हन्ट नेपाल २०१६ को अन्तिम स्पर्धाका लागी नेपाल आएकी हुन् । प्रतियोगीताका महिला तथा पुरुस प्रतियोगीले लगाउने पहिरनमा उनकै डिजाइन रहेका छन् । उनले तयार पारेका गाउँन, पार्टिवेयरलगायत दर्जन बढी फेसनका डिजाइनहरु मोडहन्टको र्याम्पमा प्रस्तुत हुनेछ ।

image2
लण्डन, जर्मनी ,अर्जेन्टिनालगायत बिश्वका धेरै मुलकमा फेसन जादु छर्न सफल हाफेलले नेपालका लागी केही स्पेशल नयाँ फेसनका डिजाइनहरु समेत तयार पारेर ल्याएको मोडल हन्ट नेपालका आयोजक रवी धमलाले बताए ।
सानै छदा एकपटक नेपाल आएको हाफेलेलाई नेपाल मनपर्ने देश हो । नेपाली मोडलहरु आफुलाई राम्रो लाग्ने बताउदै उनले नेपाल सुहाउदो कार्यक्रमका लागी तयार पारेको बताइन् । २० अगष्टसम्म नेपाल बस्ने कार्यक्रम हाफेलेले प्रतियोगीताको लागी तयार पारेको फेसनहरु नेपालमै बिक्री गरेर अनाथ बालबालीकालाई सहयोग समेत गर्नेछिन् ।

Comments