विशाल–मेरिनाको यस्तो ‘अनौठो माया…’ (भिडियो हेर्नुहोला)
screennepal
प्रकाशित: २०७३, २६ श्रावण बुधबार
no img

bishal rai merina mani song anautho maya (6)

काठमाडौं, २६ साउन । सायद अनौठो माया भनेको यस्तै त होला जबकि, तस्बिरमा देखिएको छ । तस्बिरमा मात्र नभएर भिडियोमा समेत यो दृश्य हेर्न सकिन्छ । यो ‘अनौठो माया’ को दृश्यमा मोडल मेरिना तुम्सा र रंग पत्रकार विशाल राईको रोमान्स पाइन्छ । केही समययता पत्रकारितासँगै मोडलिङमा सक्रिय विशाल र मेरिना अभिनीत यस भिडियोलाई मदन दुम्स्ले निर्देशन गरेका हुन् । यस भिडियोमा त्रिकोणात्मक प्रेमकथा उनिएको छ ।
गायक सचिन राईको ‘सुगम स्टार’ एल्बममा समावेश ‘अनौठो माया हाम्रो’ बोल गीतको यस भिडियोलाई यसै सासा रिलिज गरिएको हो । एक युवतीका लागि दुई युवाको प्रेम संघर्षलाई भिडियोमा उतारेको निर्देशक मदनको भनाइ छ ।
ओमप्रकाश राईको संगीत तथा हर्क साम्पाङको शब्द रहेको यस गीतको भिडियोमा मेरिना र विशालका अलावा मनि चाम्लिङ राईको अभिनय छ । धरान आसपासमा छायांकन गरिएको यस भिडियोलाई श्रीकुमार साम्पाङले खिचेका हुन् ।

Comments