कृष्णाको चुनौती ‘मजस्ती राम्री को होला ? (भिडियो)
screennepal
प्रकाशित: २०७३, २६ श्रावण बुधबार
no img

krishna pariyar

काठमाडौं, २६ साउन । नेपाली महिलाहरुको विशेष चाड तिजको अर्को पक्ष भनेको यससँग जोडिएको गीतसंगीत हो । तीज जतिजति नजिकिदै छ, तिसम्बन्धि गीतहरुको रेकर्डिङ, भिडियो छायाँकन र सार्वजनिक हुनेक्रम तिव्र छ यतिवेला ।
यस्तै, नेपाली लोकगीत क्षेत्रमा आफूलाई अब्बल राख्दै आएकी लोकप्रिय गायिका कृष्णा परियारले यो वर्ष पनि तिजगीत दर्शक÷स्रोतामाझ ल्याएकी छन् । उनले यो वर्षको तीजमा ‘म जस्ती राम्री को होला कुन्नी…’ भन्दै छन् ।
स्मृति तिमिल्सिनाको निर्देशन तथा मोडलिङ रहेको यो गीतको संगीत संयोजन रामजी नेपालीले गरेका छन् । यसलाई हमाल म्युजिकले बजारमा ल्याएको हो । बेदनाको पोको भाग–१, २ र ३, तीजको रमझम, मोवाइल किन्देउ बुढा बाख्रो बेचेरलगायतका दर्जनौ गीतबाट स्रोताको मन मष्तिकमा आफ्नो छाप छोडन सफल कृष्णा यो वर्षको तीजको गीतले पनि चर्चा पाइरहेको बताउँछिन् ।

Comments