आशाले ल्याइन् ‘नाचौं झुमेर’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २६ श्रावण बुधबार
no img

काठमाडौं, २६ साउन । गायिका आशा शाहीले यसपालीको हरितालिका तिजका नेपाली नारीलाई झुमेर नाच्न आग्रह गरेकी छन् । एकताका गायन क्षेत्रमा रामै्र जमेकी यी गायिकाले तिजलाई लक्षित गर्दै एकगीत गाएकी छन् । गीतको बोल छ, ‘नाचौं झुमेर’ । नेपाली नारीको विशेष पर्वमा मानिएको तिज नजिकिँदै गर्दा आशाले आफ्नो तिज गीत सार्वजनिक गरेकी हुन् । ‘नाचौं झुमेर’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेर आशाले नेपाली नारीहरुलाई तिजमा जमेर नाच्न आग्रह गरेकी हुन् ।

asha
विभिन्न टेलिभिजन तथा सोसल मिडियामार्फत आफ्नो तिज गीत सार्वजनिक गरेपछि गायिका आशाले भनिन्, ‘धेरैपछि गाएकी हुँ । तर, तिज गीत भने पहिलोपटक गाएकी हुँ ।’ आशाको तिज गीत ‘नाचौं झुमरे’ मा अभिनेत्री अनु शाहले कम्मर मर्काएर झुमेकी छन् । पवि घिमिरेको शब्दरचना रहेको यस गीतको संगीत तथा एरेञ्ज म्युजिक पार्कका राजेश श्रेष्ठले गरेका हुन् ।
सागर लामा ‘गोले’ले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उमंग शाहीले खिचेका हुन् भने सम्पादन विनोद श्रेष्ठले गरेका हुन् । तिज गीतको प्रतिस्पर्धात्मक बजारमा आशाको यो गीतको भिडियो निकै उत्कृष्ट बनेको छ । त्यसैले आफ्नो गीतमा दर्शक एवं श्रोता विशेषगरी नारीहरु तिजमा झुम्नेछन् भन्ने आशाको विश्वास छ । उनी भन्छिन्, ‘धेरैपछि गाएको हुँदा निकै मिहिनेत गरेकी छु । सोही अनुरुप गीत पनि रामै्र बनेको छ जस्तो मलाई लागेको छ ।’

https://www.youtube.com/watch?v=23ik3cIxqyU

Comments