‘मिस लिम्बू’ पूर्वाञ्चल अडिसनमा १७ छानिए
screennepal
प्रकाशित: २०७३, २५ श्रावण मंगलवार
no img

mm

काठमाडौं, २३ साउन । ‘बराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’ को पूर्वाञ्चल अडिशनबाट १७ जना युवती छनोट भएका छन् । सोमबार धरानमा भएको अडिशसनमा सहभागी दर्जनौंमध्ये १७ जना छनोट गरिएको आयोजक याक्थुङ युथ एसोसिएशनले जनाएको छ ।
प्रतियोगितामा सेयरा आन्खेवा, अञ्जिता नेम्बाङ, लक्ष्मी मेन्याङ्बो, निशा हुक्पा चोङ्बाङ, सजिता तुम्सा, सरुहाङ्मा सम्बाहाङ्फे, आशिका आङ्बुहाङ, नम्रता लाबुङ, जुनु पोमो, सलुना वनेम, भुमिका माङ्देन, शोभा फेम्बू, सुष्मा चेम्जोङ, सलिना हुक्पा चोङबाङ, श्रेया थेगिम, बिना सामेखाम र निशी मेन्याङ्बो छनोट भएका हुन् । छनोट भएकाहरु उनीहरु फाइनलमा प्रतिस्पर्धा गर्नेछन ।

miss
धरान अडिसनमा नायिका शोभा खजुम, मुन्धुमविद् भरत तुङ््हङ, शिक्षासेवी भीष्मा चेम्जोङ, मोडल तथा वराह ज्वेलरीका प्रशासन प्रमुख पाभेल उदास, मिस लिम्बू सिजन थ्रीकी सेकेन्ड रनरअप साङ्मा खापुङ, गायक एपी शेर्पा, उद्यमी हिमाल राई, पत्रकार रत्न आचार्य र आयोजक वाईवाईएकी उपाध्यक्ष मिना सिंगक निर्णायक थिए । अर्को अडिसन काठमाडौंमा भदौ १ गते हुने जनाइएको छ । प्रतियोगिताको अन्तिम फाइनल ५ असोजमा राजधानीमा हुनेछ ।

Comments