मिस टिन प्रतियोगीले देखाए प्रतिभा
screennepal
प्रकाशित: २०७३, २५ श्रावण मंगलवार
no img

काठमाडौं, २३ साउन । रिवन इन्टरटेनमेन्ट प्रालिद्वारा आयाजित ‘मिस टिन अफ द इयर–२०१६’ को दोस्रो संस्करणका प्रतियोगीले राजधानीमा आफ्नो प्रतिभा देखाएका छन् । साउन ३० गते आइतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यस सौन्दर्य प्रतियोगिताका प्रतिस्पर्धीले ट्यालेण्ट राउण्डमा गायन, नृत्य, बक्तृत्वकला, एंकरिङ, गजल, शास्त्रीय तथा आधुनिक र चित्रकलालगायतका आफुमा निहीत प्रतिभा प्रदर्शन गरेका थिए ।

2
प्रतियोगितामा सहभागी युवायुवतीले विभिन्न अवसरसमेत हासिल गर्ने आयोजक निशु झाले बताएका छन्। अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताको अन्तिम स्पर्धामा कुल २९ जना युवायुवतीले स्पर्धा गर्दैछन् ।
प्रतियोगितामा मनकामना पाण्डे, शालु ढिकी, जेनी जिमी, दिप्सना भट्ट, बिपना प्रजापति, किरण पन्थ, कविता कुमारी यादव, मिंग्मा तामांग, सिमरन शाक्य, अश्मिता सापकोटा, श्रेया जैन, सलिना देउला, रुक्सना श्रेष्ठ, सन्ध्या राई, लक्ष्मी तामांग, वर्षा रसाइली, मनिषा पाठक, अल्फा राई, अलिना टन्डन, अनुजा पोखरेल, दृष्टि राना, बिना आले मगर, आकृति अधिकारी, गरिमा भट्टराई, अनिशा इमाम, सुष्मा कार्की, सन्ध्या पौडेल, नग्मा कट्वाल, पूजा गुरुले स्पर्धा गर्दैछन् ।
ट्यालेन्ट राउण्डमा अभिनेत्री सुभेक्षा थापा , शिक्षा वद सुदन डोटेल, कोरियोग्राफर अश्विनी झा र सञ्चारकर्मी तथा गीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए ।

Comments