‘अविरल यात्रा’ मा यादव खरेल
screennepal
प्रकाशित: २०७३, २४ श्रावण सोमबार
no img

काठमाडौं, २४ साउन । यो ३१ र ३२ गते सर्वनाममा बरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेल उपस्थित हुँदैछन् । उनी ‘अविरल यात्रा २०७३ : यादव खरेल’ नामको कार्यक्रममा उपस्थित हुने भएका हुन् । जहाँ नेपाली सुगमसंगीत विगत र वर्तमानबारे अन्र्तरक्रिया हुनेछ ।
पहिलोपटक गर्न लागिएको गीतकारको पहिलो सांगीतिक शो ‘अविरल यात्रा–२०७३–यादव खरेल’ कार्यक्रममा उनले नै रचना गरेका चर्चित १७ वटा गीतलाई चर्चित गायक गायिकाले प्रत्यक्ष गाउनेछन् ।

IMG_0141

कार्यक्रममा योगेश बैद्य, उदय सोताङ, कुन्ती मोक्तान, लोचन भट्टराई, देविका बन्दना, स्वरुपराज आचार्य, सत्यराज आचार्य, मिलन अमात्यजस्ता गायक/गायिकाले प्रत्यक्ष गाउनेछन् । जसको संगीत संयोजन संगीतकार राजु सिंहले गर्नेछन् ।
चिरपरिचित प्रखर कवि यादव खरेल कविता विधामा कलम चलाउनुका साथै गीतकार, चलचित्र निर्देशक, चलचित्र अभियन्ता, लेखक, कलाकार, बौद्धिक सम्पत्ति संरक्षण अभियानकर्ता, पूर्वराजनीतिकर्मी वा पूर्वप्रशासक पनि हुन । यस्ता व्यक्तित्वका धनी यस जगतमा विरलै पाइन्छ, तर नेपाली साहित्यमा यादव खरेल कुनै नौलो नाम होइन । उनको रचना सुन्ने र गाउनेहरु धेरै छन्, उनको गीत गाउने कलाकार नेपालीमा – ८१ जना, भारतीय – १२ जना, संगीतकार – ३७ जना, चलचित्र लेखन र निर्देशन – ९, गीति एल्वम – १०, प्रकाशित पुस्तक – १६ छन् । यो भन्दा बढी भन्नु पर्दा अनगिन्ति राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारहरुद्धारा सर सम्मानित भएको सर्व विदित छ ।
यो कार्यक्रम पूर्ण रुपले अपूर्व व्यक्तित्वका धनी यादव खरेल प्रति समर्पित छ । यस कार्यक्रमलाई द हिडन ट्रेजरले गर्न लागेको हो ।

Comments