झापा, २२ साउन । पहिलो तराई आईडल तथा एक्टिङ स्टार– २०७३ को उपाधि झापा सुरुंगाकी आरती ओझाले जितेकी छन् । पारुहाङ बान्तवा राई र प्रेम शेर्माको निर्णायक मण्डलले आरतीलाई यो उपाधि दिएको हो । उपाधि जितेपछि १२ कक्षामा अध्ययनरत आरतीले खुशी हुँदै भनिन्, ‘मेरो एउटा सपना पूरा भएको छ ।’
निर्णायकमा पारुहाङले उनले जस्तो पनि अभिनय गर्न सक्ने भन्दै आरतीको अभिनयलाई तारिफ गरे । तराई भरिका करिब ३ सय प्रतिस्पर्धीलाइै उछिन्दै आरतीले तराई आइडलको उपाधि जितेकी हुन् ।
त्यस्तै, बिराज गुरागार्इँ दोस्रो भएका छन् भने तेस्रो दीपक छानिएका छन् ।