देविकाको ‘मुटुलाई केन्द्र बनाएर भूकम्प’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १४ श्रावण शुक्रबार
no img

debika

काठमाडौं, १४ साउन । १२ बैशाख २०७२ मा गएको विनाशकारी भूकम्पपछि सयौं पराकम्प आए । महाभूकम्प गएको करिब डेढ वर्ष वित्नै लाग्दा पनि बेला–बेला पराकम्प आइरहेको छ । गएको १२ बैशाखमा गोरखाको बारपाक केन्द्र विन्दु बनाएर भूकम्प गएको थियो । तर, यसपटक भने गायिका देविका केसी गुरुङको मुटुलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । हो, गायिका देविकाले यही महशुस गरेकी छन् ।
पछिल्लो केही समययता प्राय विदेशमै बस्दै आएकी यी गायिकाले तिजलाई लक्षित गरेर एउटा गीत सार्वजनिक गरेकी छन्, जसमा उनले आफ्नो मुटुलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको बताएकी छन् । देविकाको ‘मेरो मुटुमा केन्द्र बिन्दु पारि…’ बोलको यो गीतले धर्ती होइन, माया पिरती लाउनेहरुमा पराकम्प जानेछ । तर, कतिसम्म पराकम्प जाला भन्नेचाहिँ तिज नजिकिँदै जाँदा थाहा हुनेछ ।
अम्बिका म्युजिकको प्रस्तुति रहेको यस गीतमा देविका र सन्दीप न्यौपानेको स्वर छ । शब्द टुरिस्ट जंग बिके र लय तिलक ओलीको रहेकोयस गीतमा सन्दीप न्यौपाने र रुपा खनालले अभिनय गरेका छन् । यस भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् ।

Comments