नीतासँग नाच्ने हो ? ‘नाचिन्छ दिदी बहिनी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १३ श्रावण बिहीबार
no img

काठमाडौं, १३ साउन । चर्चित लोकगायिका नीता पुन मगरसँग नाच्ने हो ? यसपालीको तिजमा नीतासँग नाच्ने हो भने तयार हुनुस् किनकि, यी चर्चित गायिकाले ‘नाचिन्छ दिदी बहिनी’ भन्दै नाच्ने रहर जगाएकी छन् । उनले आफू पनि नाच्ने र अरुलाई पनि नचाउने मनशायले ‘नाचिन्छ दिदी बहिनी’ बोलको तिज गीत सार्वजनिक गरेकी छन् । उनका चर्चित गीतमा नाचिरहनेका लागि त यो गीत बबालै हुनेछ । तिजलाई लक्षित नीताको यो गीत नाच्नकै लागि हो । त्यसैले नीतासँग यसपालीको तिजमा नाच्न तयार हुनुहोला ।

nita

नीता पुन मगर

हुन त नीताले आफ्ना हरेक गीतमा दर्शक तथा श्रोतालाई नचाउन सफल हुँदै आएकी छन् । तर, तिजमा नाच्नु र अरुबेला नाच्नु फरक हुनेछ । नेपाली लोकगायन क्षेत्रमा लामो समयदेखि क्रियाशील नीता भन्छिन्, ‘तिजमै हो दिदी बहिनी धित मरुञ्जेल नाच्ने ।’ हुन त मगरकी छोरी हुन् नीता तर अहिले तिजले यो र त्यो भन्ने गर्दैन किनकि यो समग्र आम नेपाली नारीको विशेष पर्व हो ।

‘नाचिन्छ दिदी बहिनी’ गीतमा नीतासँगै मीना गर्बुजा मगर र निरुश्री मगरको पनि स्वर रहेको छ भने यस गीतको शब्दरचना एकनारायण भण्डारीले गरेका हुन् । बसन्त थापाको संगीत रहेको यस गीतको अडियो तथा भिडियो दिदी बहिनी इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।
प्रस्तुत गीतको भिडियोमा नेपालीपन पाइन्छ । आफ्नै मौलिक कलासंस्कृति तथा भेषभूषामा छायांकन गरिएको यस भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । यस भिडियोमा रीना थापा मगर र सरिश्मा राम्जाली मगरको अभिनय रहेको छ ।

Comments