‘आउँदैछु म’ भन्दै श्रोतामाझ आए सुरेश
screennepal
प्रकाशित: २०७३, १३ श्रावण बिहीबार
no img

काठमाडौं, १३ साउन । बेलायत बस्दै आएकासुरेशराज पाठकले डेब्यु एल्बम ‘आउँदैछु म’ संगीत पारखीमाझ ल्याएका छन् । राजधानीमा बुधबार साँझ आयोजित कार्यक्रममा वरिष्ठ गायक सीताराम पोखरेल, संगीतकार टिका भण्डारी, मोडल, नायिका तथा लेखक विनिता बराल, वरिष्ठ प्रहरी उपरीक्षक मिलन बस्नेत र म्युजिक भिडियो निर्देशक समन अधिकारीले एकसाथ एल्बम सार्वजनिक गरे ।
कार्यक्रममा मोडल विनिताले आफु अमेरिकामा रहँदा एक्सन कट मिस गरिरहेको बताउँदै भिडियोमा राम्रै पारिश्रमिकमा काम गरेको खुलाईन् । तर कति पारिश्रमिक लिएर काम गरिन् भन्ने कुरा चाहिँ बताईनन् । उपन्यास ‘जुइनो’की लेखिका विनिता भिडियोमा पनि उपन्यासकै साथ प्रस्तुत भएकी छन् ।

album
संगीतकार भण्डारी, गायक पोखरेल, प्रहरी उपरीक्षक बस्नेतले गायक पाठकलाई संगीत क्षेत्रमा स्वागत गर्दै भिडियोको तारिफ गरेका थिए । गायक पाठकले आफुले हतार हतारमा एल्बम निकालेको भन्दा एल्बम श्रोताले रुचाउने आशा व्यक्त गरे । एल्बममा विपिन आचार्यको संगीत र दीपकराज पाठकको शब्द छ ।
कार्यक्रममा एल्बममा ‘तिम्रो नजरमा गिरेको दिन’बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । भिडियोमा विनितासहित प्रकाश लम्साल र शेखर लम्सालको अभिनय छ । निर्देशक शिवमको निर्देशन रहेको भिडियोमा शिवराम श्रेष्ठको छायांकन र निशान घिमिरेको सम्पादन छ । एल्बमलाई रेस्क्यु क्रिएसनले बजारमा ल्याएको हो ।
एल्बममा ‘आउँदैछु म आउँदैछु म’, ‘तिम्रो नजरमा गिरेको’, मुटु मेरो रेटी रेटी’, ‘तिमी मेरी घाम, तिमी नै हो जुन’ बोलका गीत छन् ।

Comments