‘नेपाल्स स्टार मोडल’ हुँदै, विवाहितलाई पनि अवसर !
screennepal
प्रकाशित: २०७३, १३ श्रावण बिहीबार
no img

काठमाडौं, १३ साउन । सौन्दर्य प्रतियोगिताहरुको भीडमा ‘नेपाल्स स्टार मोडल’ पनि थपिएको छ । तर, यो प्रतियोगिता अहिले भइरहेका भन्दा केही फरक छ किनकि, ‘नेपाल्स स्टार मोडल’ मा विवाहितले पनि सहभागी जनाउन पाउनेछन् । सिद्धि मिडियाले पहिलोपटक गर्न लागेको ‘नेपाल्स स्टार मोडल–२०१६’ मा १६ देखि ३५ वर्ष उमेर समूहका महिला तथा पुरुषले सहभागी जनाउन पाउनेछन्, जसमा विवाहित भएपनि हुनेछ । प्रतियोगिताका लागि हाल धमाधमा आवेदन लिइरहेको आयोजकले जनाएको छ ।

model
कार्यक्रम संजोजक अमित शाहका अनुसार रहर र इच्छा हुँदाहुँदै पनि विवाह बन्धनमा बाँधिएर थन्किएकाहरुलाई अवसर प्रदान गर्ने ‘नेपाल्स स्टार मोडल’ को उद्देश्य हो । संयोजक शाहले भने, ‘यहाँ जतिपनि प्रतियोगिताहरु हुन्छन्, अविवाहितलाई मात्र अवसर दिइन्छ । त्यसैले मोडल बन्ने इच्छा भएर पनि विवाहितहरु अवसरबाट व्यञ्चित भएका छन् । त्यसैलाई मध्येनजर गर्दै ‘नेपाल्स स्टार मोडल’ मा विवाहितका लागि पनि ढोका गरिएको हो ।’
हुन त बलिउड र हलिउडमा विवाहितहरु नै सुपर मोडल बनेका उदारहण छन् । तर, नेपालमा भने महिला होसे वा पुरुष विवाह गरेसँगै धेरैको ग्यामरस छवि पनि सकियो भन्ने मानसिकताको विकास भएको छ । यसलाई चुनौति दिँदै सिद्धि मिडियाले विवाहितलाई समेत समटेर ‘नेपाल्स स्टार मोडल’ प्रतियोगिता गर्दैछ । प्रतियोगिताको अर्को उद्देश्य नेपाली मोडलिङ क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने रहेको पनि आयोजकले जनाएको छ ।
‘नेपाल्स स्टार मोडल’ मा सहभागीका लागि आयोजकले न्यूनतम प्रवधान तोकेको छ । जसमा युवतीको न्यूनतम उचाई पाँच फिट र पुरुषको पाँच ५ फिट पाँच इन्च हुनुपर्नेछ । प्रतियोगिताका लागि काठमाडौंका आलाव धरान, विराटनगर, पोखरा, चितवन, नेपालगञ्जलगायत देशको प्रमुख सहरहरुमा अडिसन लिइने जनाइएको छ । प्रतियोगिताको फाइनल असोज अन्तिममा राजधनीमा हुने बताइएको छ ।

Comments