लण्डनमा ‘साबुनमेन’ उत्कृष्ठ
screennepal
प्रकाशित: २०७३, १२ श्रावण बुधबार
no img

काठमाडौं, १२ साउन । लण्डनस्थित क्रिएटिभ कन्साइन्स नामक एक गैरसरकारी संस्थाले आयोजना गरेको ‘क्रिएटिभ कन्साइन्स अवार्ड–२०१६’ मा नेपाली सामाजिक व्यावसायिक विज्ञापन ‘साबुनमेन’ ले उत्कृष्ठ अवार्ड चुमेको छ । यो विज्ञापनले विज्ञापन विधामा उत्कृष्ठ बन्न सफल भएको हो ।
संस्थाले आफ्नो आधिकारिक वेबसाइटमा ‘साबुनमेन’ले उत्कृष्ठ अवार्ड पाएको उल्लेख गरेको छ । आयोजकका अनुसार समाजको विकासमा आप्mनो चेतनामूलक कामबाट उल्लेखनीय योगदान पु¥याउने टेलिभिजन कमर्सियललाई यो अवार्ड दिइने गरिन्छ । नेपाली समूहले पाएको यो अवार्ड अहिलेसम्मकै पहिलो हो ।

Sabun
यो विज्ञापनलाई हेल्प नेपाल टुडेले गत अप्रिलमा तयार पारेको थियो । विज्ञापनमा विनय श्रेष्ठ र मेनुका प्रधानले अभिनय गरेका छन् । उनीहरुले हात धुनुको महत्व दर्शाउँदै सामान्य बानीले मानिसलाई कसरी सुपरहिरो बनाउँछ भन्ने कुरा विज्ञापनमा प्रस्तुत गरेका छन् । प्रवण जोशीले निर्देशन गरेको भिडियोमा मानस सुवालको छायांकन र सुशिल न्यौपानेको सम्पादन छ ।
विज्ञापनमा ‘किन उड्छ साबुन मेन’ गीत प्रस्तुत गरिएको छ, जसमा अल्मोदा राना उप्रेतीको लेखन र गायन छ । ‘यो अवार्डबाट मलाई गर्व लागेको छ, हामीले यो विज्ञापनलाई अन्तर्राष्ट्रिय रुपमाबाट पुरस्कृत बनाउन निकै मेहनत गरेका थियौं ।’ निर्देशक जोशीले भनेका छन् ।

Comments