बाफलकी प्रवेशिकालाई ‘मिस प्लस–टु’को ताज
screennepal
प्रकाशित: २०७३, ९ श्रावण आईतवार
no img

काठमाडौं, ९ साउन । २८ प्रतिस्पर्धीलाई पछि पार्दै ‘तेस्रो मिस प्लस टु नेपाल–२०१६ को उपाधि ११ कक्षामा अध्ययनरत बाफल काठमाडौंकी १६ वर्षीया प्रवेशिका अधिकारीले जितेकी छन् । उनले मिस प्लस टु नेपालको ताज सहित भिवर्स च्वाईस्को उपाधि पनि हासिल गरिन् ।

_MG_3433
युहान ईन्टरनेशलन ईभेन्टस् प्रालिद्धारा शनिबार साँझ राजधानीको प्रज्ञा भवनमा आयोजित सो प्रतियोगितामा १२ कक्षामा अध्ययनरत गोल्फुटार काठमाडौंकी १७ वर्र्षीया निकिसा रिजालले फस्ट रनर अपको उपाधि जितिन् । उनी सिम मिस जेनिक र मिस मल्टिमिडिया पनि भईन। यस्तै काठमाडौं बानेश्वरकी १७ वर्षीया अमिता खड्काले वेस्टवाक सहित सेकेण्ड रनरअपको उपाधि हाँसिल गरिन् ।
अन्य उपाधिका लागि भएको प्रतिस्पर्धामा बिनिशा शेरचनले बेस्ट स्माईल, राधा पराजुलीले मिस ट्यालेन्ट, एकताश्री राणाले बेस्ट पर्सनालिटी, प्रज्ञा पन्तले म्यानेजमेन्ट च्वाईस्, मेनुका श्रेष्ठले पब्लिक च्वाईस् र अबश्री दाहालले मिस कन्जियानिलिटीको उपाधि जिते ।
युहान इन्टरनेशलनका प्रबन्ध निर्देशक सानु खानद्धारा आयोजित सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्य र व्यबस्थापन रौनक रौनियार एवं रौनक सिंहले गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्की, अभिनेत्री बेनिसा हमाल, मोडल एवं युवा व्यवसायी अम्बर श्रेष्ठ, फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा, फेसन डिजाईन विश्व गौतम, चलचित्र निर्माता सुमन बिष्ट, व्यबसायी हितेन्द्र श्याम गिरेहियो र सञ्चारकर्मी डब्बु क्षत्री र संजीब झा थिए ।

Comments