गायत्रीलाई ‘हैरानै पारे भेनाले’ (भिडियोसहति)
screennepal
प्रकाशित: २०७३, ९ श्रावण आईतवार
no img

काठमाडौं, ९ साउन । गायिका कोमल ओलीले पोईला जान पामको ‘लास्टै चोटी’ आइपुग्दा अर्की गायिका गायत्री थापालाई भने भेनाले हैरान पारेको छ । हरितालिका तिज लक्षित गरेर गायक÷गायिकाहरुबीच यस्ता गीत निकाल्ने होड नै चल्छ । त्यो होडमाथि पनि चर्चामा आउनका उनीहरु यस्ता गीत गाउने गरेका छन् कि, जो सुन्नेलाई नै लाज लाग्छ । कोमलले आफ्नो ‘पोईला जान पाम’ शृंखलालाई अन्तिम रुप दिइरहँदा यता गायत्री चम्किन थालेकी हुन् । गायत्रीले यसपटक कोपिला छनालसँग मिलेर गाएको तिज गीत ‘हैरानै पारे भेनाले’ चर्चामा छ । शब्द संयोजनकै कारण यो गीतले चर्चा पाएको हो ।

ggg
हुन त तिज नेपाली नारीको महान पर्व हो । तर, पछिल्लो समयका तिजलाई नियाल्ने हो भने यो त संगीतको पर्व जस्तै भएको छ । सक्नेहरुले त दाम खर्चेर भएपनि तिजका लागि गीत गाउँछन् नै पैसा नहुनेहरुले समेत ऋण खाजेर तिज गीत गाउने चलन बढ्दै गएको छ । यो पक्कै पनि सुखद् मानिदैन । तिज गीत गाएरै मात्र तिज मनाउन पाइने होइन । तिज त एउटा यस्तो पर्व हो, जसले सांंगीतिक होइन, सांस्कृतिक र धार्मिक आस्था बोकेको पर्व हो । यसो भनेर तिजका लागि गीत गाउन हुँदैन भन्न खोजिएको होइन । नाचगान गर्न पनि तिजमा गीतसंगीतको अवश्यक पर्छ । तर, गीत स्वभनिय भए राम्रो हुनेथियो भन्ने मात्र हो ।
गायत्रीको ‘हैरानै पारे भेनाले’ गीतलाई शिवदर्शन डिजिटलले बजारमा ल्याएको हो । शिवदर्शन गायत्रीकै कम्पनी हो । गायत्री थापा र कोपिला छिनालको स्वर रहेको यस गीतलाई शब्द पनि गायत्रीकै रहेको छ । यस भिडियोमा निरु खड्का, रश्मी तामाङ, कमल गाउँले र बल्छी धु्रवेको अभिनय देखन सकिन्छ । विक्रम चौहानको निर्देशन, मुकेश हुमागाइँको छायाँकन रहेको यस गीतको भिडियोलाई प्रविन रेश्मीमगरले सम्पादन गरेका हुन् ।

Comments